पत्रकारिता गर्दाका १३ वर्षो अवधीमा "म पत्रकार हुँ" भन्दा मैले पहिलो पटक पिटाई खानु पर्यो । पुष ६ गते हात्तिवनस्थित हिमाल मिडिया कार्यालयमा माओवादी कार्यकर्ताहरुबाट पिटाई खानुअघि मैले पत्रकार भएको परिचय दिदा जहिल्यै सहयोग, सदभाव र सम्मान नै पाएको थिएं । जनयुद्धताका पूर्वी पहाडमा माओवादी छापामारसँग मैले केही दिन र रात पनि विताएको थिएं । त्यसबेला उनीहरुको साथ हिड्दा, बस्दा मैले कुनै डर र खतरा महशुस गर्नु परेको थिएन, 'पत्रकार' भनेर सम्मान नै गरेका थिए । त्यसैले पनि मलाई लागेको थियो माओवादीका एक मजदुर नेताको अगुवाईमा म काम गरिरहेको कार्यालयमै आएको त्यो भीडले पत्रकारको परिचय पाएपछि हातपात नगर्ला । तर, त्यस्तो भएन ।त्यस दिन दिउँसो १२ बजे म हिमाल मिडियाको आफ्नै कार्यकक्षमा हिमाल खबरपत्रिकाको १६-३० पुषको अङ्कका लागी काम गरिरहेको थिएं । त्यसबेला प्रमुख कार्यकारी अधिकृत आशुतोष तिवारीको उपस्थितिमा कार्यालयको बैठक हलमा हरेक आइतबार हुने बैठक भइरहेको थियो, जसमा ब्यावस्थापन, सम्पादकीय, वितरण, मार्केटिङ, फाईनान्स बिभागका प्रमुखहरु उपस्थित थिए ।
सम्पादकीय टीमकातर्फबाट बैठकमा कार्यकारी सम्पादक किरण नेपाल र प्रवन्ध सम्पादक इन्द्र श्रेष्ठ सहभागीता थियो । कार्यालयमा कहिल्यै नदेखिएका मानिसहरुको एउटा समूह मिटीङ हलतिर लागेको मैले आफ्नो कार्यकक्षबाटै देखें । त्यसको केहि मिनेट नवित्दै अचानक बैठक कक्षमा "हान हान..., ठोक ठोक..., यो के गरेको...., हात नहाल हात नहाल..." आवाज आयो र एकै छिनमा बैठक कक्षको सम्पादकीयतिरकै झ्याल फुटेको आवाज सुनियो ।
मानिसहरुको कोलाहल र झ्याल फुटेको आवाज सुन्नासाथ म बैठक कोठाको पश्चिमतिरको ढोका छेउ लागे । बाटोमा झ्याल फुटेर सिसा छरपस्ट भएको देखियो । त्यसपछि मलाई बुझ्न कुनै गाह्रो परेन, यो सबै घटनामा भर्खरै कार्यालय छिरेको त्यही २५ जनाको समुहको हात छ । बैठक कक्षकभित्रको दृष्य कहाली लाग्दो थियो, बैठक हलमा रहेका सबै त्यो समूहको घेरामा थिए र उनीहरु "मजदुरको विरुद्ध लेख्ने -, नियम कानुन नमान्ने -" भन्दै हिमालका सबैजनामाथी खनिएका थिए । सबैभन्दा बेशी प्रहार आशुतोष तिवारीमाथि भइरहेको थियो । त्यहाँ रहेका हिमाल खबरपत्रिका का कार्यकारी सम्पादक किरण नेपाल, प्रवन्ध सम्पादक इन्द्र श्रेष्ठ, वेभकी सम्पादक सितु राजभण्डारी, ब्यवस्थापन विभागका शम्भु गुरागाईं, सुभाषकुमार दास, लेखा शाखाका विन्दिरा शाक्य, कर्म लामामध्ये कोहलाई त्यो समूहले मुक्का हानिरहेको थियो भने कोहीलाई हलचल गर्ननदिई समातेर राखेको थियो । यसैबीच, तिवारीसहित सबै त्यो समूहको नियन्त्रणबाट उम्किएर ढोकाबाहिर निस्कन सफल भए । हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल प्रहरीलाई खबर गर्ने उदेश्यले सम्पादकीय कार्यकक्षतिर लाग्नुभयो । तर, कसैले प्रहरीलाई घटनाको जानकारी दिन नपाओस् भनेर त्यो समूका केही सम्पादकीय कार्यकक्षमा पनि त्यसबेलासम्म तैनाथ भइसकेको थिए । हामीलाई उनीहरुले 'टेलिफोन गर्ने होइन' भनेर धम्क्याए पनि ।
हिमालखबर पत्रिका को १-१५ पुष अंकमा माओवादीसम्बद्ध मजदुर संगठनका उद्योग व्यवसाय क्षेत्रमाथि भएका यस्तै अराजक क्रियाकलापबारे 'मजदुर नाम बदनाम' शीर्षकमा आवरण रिपोर्ट र विश्लेषण छापिएको थियो । सो रिपोर्ट लेख्ने पत्रकारको समेत खोजी भएको थाहा पाएर म संगै बैठक कोठातिर दौडदै आएका सहकर्मी रामेश्वर बोहोरा ज्यान बचाउँनका लागी पनि कार्यालयको छततर्फ लागे ।पाँच मिनेटपछि नै 'श्वेत आत्तङ्क' बैठक कक्ष बाहिर फैलिएको थियो । आफ्नो क्याबिनबाट दौडदै आएका नेपाली टाइम्स साप्ताहिकका सम्पादक तथा हिमाल मिडीयाका सहप्रकाशक कुन्द दीक्षितले 'यो के गरेको -' भन्नासाथ २/३ जनाले धकेल्दै थिए । उता पिटाई खेप्दै आफ्नो क्याबिनतिर लागेका तिवारी माथी प्रहार रोकिएकै थिएन् । उहाँलाई जोगाउँने हुँदा प्रशासन शाखाका सुरेन्द्र शर्माले र वीरबहादुर तामाङ्गले लात्ती-मुक्का खाइरहेका थिए । आक्रमणकारी मध्येका मोटा र खाइलाग्दा ज्यान भएकाहरुले थप दुई वटा झ्यालका शिसा फोडी सकेका थिए, कार्यलयका पाटेशन फोडेका थिए । त्यहिबेला मैले त्यहाँ एउटा परिचित अनुहार देखे । उनी थिए माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्त । हिमालका पुराना अङ्कमा मजदुर सम्बन्धी रिपोर्टङमा उनका तस्विर र भनाई छापीएकाले माओवादीको मजदुर नेताकै नेतृत्वमा सो जत्था हिमालमा आक्रमण गर्न आएको बुझ्न गार्हो परेन । निक्कै तोडफोड र कुटपीट भइसकेकोले होला उनी भन्दै थिए "माथीको आदेश भन्दा बढी भयो अब तोडफोड नगरौ ।" पन्तको आवाजसंगै त्यहाँ रहेका मध्ये थप केहिले गोजीबाट रुमाल झिकेर मुख ढाक्न थाले । त्यहिबेला कुन्द दीक्षितको ठुलो स्वर सुनियो "लोकतन्त्र भनेको यहि हो - तपाइहरुले बनाउँन खोजेको नयाँ नेपालमा यस्तै हुन्छ -" तिवारीलाई छाडेर उनीहरु दिक्षीत तिरै फर्कन्छन् भन्ने लागेर मैले उहाँ लाई च्याप्प समातेर भने "यिनीहरुले अब तपाइलाई पनि हातपात गर्छन्, यहाँबाट जानुस् ।" नभन्दै उनिहरु "के भनिस् -" भन्दै जाइलाग्न खोजेपछिसंगै रहेको मैले दुई हातले अगाडी र पछाडीकालाई ठेल्दै भने "हात नहाल्नुस, बसेर कुरा गरै ।" ति मध्येका एउटाले मलाई धकेल्दै सोध्यो "ए, तँ को होस् -" "म हिमालको पत्रकार हुँ ।" मात्रै के भनेको थिए एउटाले "ए तँ पत्रकार.." भन्दै थियो, अर्कोले मेरो मुखमा एक मुक्का हान्यो । त्यसपछी मेरो टाउको र डाढमा दनादन लात्ति र मुड्की बज्जारिए । म माथिको प्रहार रोक्न खोज्दा कुन्द दिक्षित माथि पनि मुक्का र लात्ती हान्न थालियो । म भुइमा बज्जारिएर उठ्दा मेरो मुखबाट रगत बग्न थालेको थियो । रगतका थोपा भुइमा समेत र्झन थालेको देखेपछि उनिहरु मध्ये कसैले भन्यो "जाऊ जाऊ अब पुग्यो..." । केहि बेरमै उनीहरु हुरुरु निस्किए । यो सब १० देखी १५ मिनेटको बीचमा भएको थियो ।
पछि थाहा भयो अरु २५/३० जनालाई कार्यलय बाहिर निगरानीमा राखेर छापामार शैलीमा उनीहरु भित्र छिरेका रहेछन् । मलाई "म पत्रकार हुँ" भनेपछि पिट्न थालेकाले उनीहरुले किरण नेपाललाई कार्यकारी सम्पादक भनेर चिनेका भए के गर्थे होलान भन्ने लाग्यो । उता हिमालका सम्पादक/प्रकाशक कनकमणी दिक्षित कार्यालय बाहिर रहनु भएकोले आक्रमणको शिकार हुनबाट बच्नुभयो।त्यस दिन मलाई जस्तै उनीहरुले "तँ को होस् -" भन्दा "म यहाँको मजदुर हुँ" भनेपछि हिमालका कर्मचारी रवि केसीलाई उनीहरुले छाडेकाले उनीहरु "पत्रकार पिटन्" नै आएको बुझ्न गार्हो परेन । तर कस्तो अचम्म यता हामीलाई पिटेर आफ्ना कार्यकर्ता फर्केपछि उनीहरुकै नेता तथा माओवादी सभासद शालिकराम जम्मकट्टेल हिमालमा आफ्ना कार्यकर्तालाई छलफलका लागी बोलाएर 'गुण्डा' लगाएर पिटाए भनिरहेका रहेछन् । साझँमा कुटाईको घाउ चह्राईरहेको थियो, जिउ थिलथिलो भएको थियो । टेलिभीजनका पर्दामा आफ्नै रगतपच्छे अनुहार देखिरहेको थिए । संगै जम्मकट्टेले सदनमा भनेका कुरा पनि हेरिरहेको थिए । उता रेडियोमा बीबीसी नेपाली सेवामा रविन्द्र मिश्रको एक प्रश्नमा उनै शालिकराम बोलिरहेका थिए "हिमालले नै हाम्रा कार्यकर्तालाई छलफलमा बोलाएर गुण्डा लगाएर पिटाएका हुन्, हामीले आक्रमण गरेका हैनौ ।" उनको कुरा सुनेपछि मलाई लाग्यो माओवादी हिजोको माओवादी रहेन्, जो पत्रकारको सम्मान गथ्र्यो र प्रेस स्वतन्त्रताको वकालत गथ्र्यो आज पत्रकारलाई खोजी खोजी पिटन् थालेकाछन् । मैले हिजोका दिनमा रिपोर्टिङकाक्रममा हतियाधारी छापामारसंग डराउन परेको थिएन् । तर, अब 'नयाँ नेपाल'का माओवादीसंगै डर मान्नु पर्ने भएको छ । किनकी उनीहरुलाई अहिले हिमाल मिडीया जस्तो स्वतन्त्र प्रेसलाई सबैभन्दा ठुलो शत्रु लाग्न थालेको छ । Source Himal Kahbar Patrika

No comments:
Post a Comment