Monday, January 5, 2009

पुर्वि नेपालको मेरो यात्रा

नेपालको पश्चिम क्षेत्रको बिभिन्न जिल्ल्ा भ्रमण गर्ने अवसर महिले बेलाबेलामा पाएको थिए, तर पुर्वि नेपालको भ्रमण गर्ने धेरै चाहना र ईच्छा हुदा पनि यो सौभाग्य अहिले मात्र पाएको छु। जव यसपालि म पुर्वि नेपालको यात्रा गरे तव मात्र म नेपाली भएकोमा अझ बढि गर्व लागेर आयो। पुर्वि नेपालको यात्राको लागि निस्कने क्रममा म निकै होसियार थिए किनकि तराई आन्दोलको कारणले मलाई हौस्याएको थियो , वास्तवमा यथार्थता बेग्लै रहेछ। तराईको आन्दोलनको यर्थाथतामा म पस्न चाहन्न र त्यो यथार्थताको बारेमा म टिप्पणि गर्न सक्ने क्षमताको बारेमा समेत म आफुलाई स्थापित गरीसकेको छैन तर एक हप्ताको यात्राको क्रममा पुर्वि नेपालको तराईमा महिले देखेको दृष्य र यथार्थताको मात्र केहि शब्द समेटन खोजेको हु। युथ एक्सन नेपालले बिराटनगरमा आयोजना गरेको युवा सामाजिक मञ्चमा सहभागिता संगै पुर्वि नेपालको यात्राको लागि म त्यस तर्फ हिडेको थिए।
यात्रामा सबैभन्दा रमाईलो र आनन्द तब भयो जब कोशि कटान तर्नको लागि डुङ्गामा चडे त्यहि कोशि कटानकै कारण हजारौ नेपालीको घरवार बिहिन भयो त्यो बिगत सम्झदा केहि दुःख भएतापनि त्यो अवस्थालाई बिर्सने हो भने यो यात्रा निकै रमाईलो र नौलो अनुभव हुन्छ। तपाई पनि तल्काल यो यात्रा निस्कनुभयो भने त्यो अवसर पाउनुहने छ तर तत्काल है किनकि कोशिको त्यो कटान ब्यवस्थित गरी पानि पुरानै ब्यारेजबाट फर्काउने तयारी भैरहेको छ भने कोशिको त्यो कटान बिस्तारै आफै पनि सुक्दै गैरहेको छ।
कवि देवकोटाको के नेपाल सानो छ भन्ने निवन्धको त्यो अंस त्यतिवेला मलाई याद आयो जतिवेला म नेपालको पश्चिम र पुर्वको धेरै स्थान अवलोकल गर्ने अवसर पाए नेपाल बास्तवमै सानो भएपनि यसमा यात्रा गर्दाको अनुभव र दृश्य वास्तबमै फराकिला छन। म नेपालका तराई मुलका नेपालीहरुलाई पहिलेको अवस्थामा देख्दा र बर्तमान अवस्थामा देख्दा म आफैमा निकै परिवर्तन भएको पाए। म स्वयं नेपाली भएर पनि एउटा नेपालीलाई हेर्ने दृष्टिकोणमा त्यति बेला र यो बेला निकै परिवर्तन भएको भान गरेको छु। एउटा थारु जातिको ब्यक्तिलाई हेर्दा र उ संग बोल्दा मलाई गर्व लागेर आयो तर त्यतिबेला लाज मान्ने मेरो चलन थियो। बसमा यात्रा गर्दा होस या होटलमा चिया खादाखेरीको गफ बास्तवमा थारु जातिले पनि आफ्नो अस्थित्व र म पनि नेपालि हु भन्ने पहिचान खोजेको कुरा बास्तवमै यथार्थता नै हो। राजनैतिक खिचातानीमा लागेका नेतृत्व बर्गका मधेशि नेताको स्वार्थ अर्कै हुन सक्ला वा उस्तै हुन सक्ला तर वास्तवमा स्थानिय जनताको भनाई र गराईमा वास्तवमा यथार्थता रहेको छ।
यदाकदा तराई समुदायको नाम बेचेर द्धन्द्ध सृजना गर्ने केहि ब्यक्तिहरुको ब्यवहारमा अवश्य पनि परिवर्तन आउनु जरुरी रहेको छ। तर हामि पहाडि भनाउदाहरुले जति नेपालको माया र नेपाल प्रति गौरब भएको कुरा छाट्छौ वास्तवमा मधेसि समुदायलाई त्यो भन्दा पनि बढि नेपाल र नेपालीको माया रहको म ठोकुवा गर्न सक्छु। यो मेरो पुर्वि नेपाल यात्राको पहिलो उपलब्धि हो। तराई समुदायको यथार्थताको बारेमा काठमाडौमा बसेर वकालत गर्नु र बहस गर्नु वाईघात कुरा हो तराईको यथार्थताको बारेमा जान्न र बुझ्न तराईमा नै झर्नु पर्दछ। नेपालका राजनैतिक दलका ब्यक्तिहरु र बिद्धान भनौदाहरु तराई नै नझरी तराईको वास्तविकता नै नबुझ तराईका जनताको पक्ष र बिपक्षमा भुक्ने गर्दछन त्यो गलत हो।

No comments: