Saturday, January 10, 2009

आफ्नै देशको “सिमानाको खोजिमा” रोक

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन? टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन? तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ? अवस्य कसैले पनि सहदैन। तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ। किन? के हामीलाई नेपालको माया छैन? किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं। अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।

No comments: