Thursday, January 22, 2009

बुद्धको जन्मस्थान खोसियो

Sagar Ghimire

हालै मात्र रिलीज भएको हिन्दि चलचित्र चाँदनी चोक टु चाइनामा प्रयोग गरिएको शब्दले नेपाल र नेपालीलाई फेरी चुनौती दिएको छ। बुद्ध जन्मेको देश भनेर हाम्रो देश नेपाललाई संसारले चिन्ने गरेको छ तर पनि भारतले उक्त चलचित्र मार्फत बुद्ध जन्मिएको देश भनेर आफ्नो देशलाई चिनाउने दुष्प्रयास गरेको छ।

हुन त भारतका बिभिन्न सामान्य ज्ञान तथा बिभिन्न पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आफ्ना जनतालाई पहिलेदेखि नै घोकाईरहेको नै थियो। आखिर चलचित्र मार्फत संसारलाई झुठो बोल्ल समेत भारत पछि परेन। आखिर भारतले यस्ता कुरामा किन नेपाललाई पटक पटक तल पारिरहन्छ। सम्पुर्ण बौद्ध धर्मालम्बीहरुले नेपालको लुम्बिनी बुद्ध जन्मेको ठाउ भनेर मान्दा मान्दै भारत आखिर के चाहन्छ? भारतले नेपालको सिमा अतिक्रमण देखि लिएर हरेक कुरामा किन हात लम्काईरहन्छ यसको लागि भारत सरकारसंग तत्काल विषेश छलफल हुनु जरुरि छ।

लडाकु र कसैको कब्जामा नपरेको भनेर बिश्वभरी चिनीने हाम्रो देशमा आज यस्ता कुराले गर्दा नेपालीको शिर निहुरीएको छ। के भारतले आफु सम्पन्न र ठुलो देश भनेर नेपाललाई जिस्काईरहेको हो? कुनै बेला तिनै भारतीय ऋतिक रोसनले नेपालको बारेमा नराम्रो बोल्दा रोसनका सम्पुर्ण चलचित्र बहिस्कार गर्ने हामि नेपाली आज बुद्धको जन्म स्थान खोसिँदा किन मौन छौ? चलचित्र रिलीज भैसकेर यो कुरा बाहिर आउदा समेत यसको बारेमा हाम्रो सरकार किन केहि बोल्न चाहदैन? किन मौन छ सरकार आफ्नो राष्ट्रिय अखडता प्रति? भारतको यस्तो किसिमको मिचाहा र दमनको हामिले सहि हिसाव किताव माग्नु जरुरी छ।

No comments: