Sunday, December 14, 2008

सुकेताल महोत्सव पाल्पामा सुरु

सागर घिमिरे
पाल्पा, २९ मंसिर
ग्रामिण पर्यटनलाई टेवा पुर्याउन उद्देश्यले पाल्पाको दोभान गाविस ७ सुकेतालमा आज देखि २ दिने सुकेताल महोत्सव शुरु भएको छ। सिद्धार्थ राजमार्गबाट २ घ48टा उकालो पैदल यात्रमा पुग्न सकिने सुकेताल क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनिरहेको बेला महोत्सव आयोजना गरिएको हो। महोत्सवमा स्थानीय कला, सीप तथा उत्पादनको प्रदर्शन तथा विक्री जातिय पोशाक सहितको झाकी, पुरानो ठुलो नाच, भजन, चुट्का, सालैजो, सोरठी, झ्याउरे, लोक तथा दोहोरीगीत प्रदर्शन गरिएको थियो। दोभान एकीकृत पर्यटन विकास समिति र गाविसको आयोजनामा शुरु भएको महोत्वसबाट शिद्ध गुफा, रामापिथेकसको अवषेश, पुरानो नुवाकोट गढी, सुकेताल, भुतखोला लगाएतका क्षेत्रलाई संरक्षणमा टेवा पुग्ने स्थानीय चोपलाल गिरिले बताउनु भयो। आदिवासी मगर समुदायको नमुना बस्ती ,छुट्टै कला, भाषा र संस्कृति रहेको यस क्षेत्रमा लुम्विनी आउने पर्यटक र पोखरावाट लुम्विनी जाने पर्यटकलाई दोभान भित्रयाउन महोत्सव सहयोगी हुने स्थानिय बासिन्दाले जनाएका छन्। महोत्सबको आज सभासद लिला सोमैले उदघाटन गर्नुभएको छ। उहाले यस्ता खाले महोत्सवले स्थानिय स्तरमा लोप उन्मुख अबस्थामा रहेका प्राकृतिक सम्पदाहरुलाई संरक्षण गर्न सहयोग पुर्याउने बताउनुभयो। उदघाटन समारोहमा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधिहरुले बोलेका थिए। रुपन्देहीको वुटवलदेखि सात किलोमिटर उत्तर र पाल्पा सुदरमुकाम देखि ३५ किलोमिटर दक्षिणमा सुकेताल रहेको छ।

No comments: