Thursday, December 11, 2008

पाल्पाको मस्याममा जिप दुर्घटना, १ को मृत्यु १४ घाईते

सागर घिमिरे
पाल्पा मंसिर २७
बुटवलबाट गुल्मि तर्फ आउदै गर्दा पाल्पाको मस्याम गा.वि.स.को चरचरे कालिमाटी नजिक लु.१.ज. १६०५ नं.को जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ।
आज बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा डडेल्धुराका यज्ञराज महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा परि घाईतेहुनेहरुमा हस्तिचौर ३ गुल्मिका १७ बर्षका अमर कुँवर, २४ बर्षकि सरिता महत, १९ बर्षका नारायण अधिकारी, २४ बर्षका कपिल मरासिनि, १८ बर्षका द्रोण बहादुर कुंवर, ४७ बर्षका दधिराम पन्थि, ३५ बर्षका इन्द्र बहादुर महत, हस्तिथचौर ५ का १९ बर्षीया बाल कुमारी थापा, १९ बर्षकि मनिषा थापा, यस्तै हस्तिचौर २ की १६ बर्षिया सविता कुंवर, २८ बर्षकि अनिता कुंवरको उपचार भैरहेको छ। यस्तै हस्तिचौर ४ का ४० बर्षिया नारायण कुंवर र बिरबास ८ गुल्मिकै २१ बर्षिया दिपक पालिको पनि लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभास पाल्पामा मा उपचार भैरहेको छ। घाईते मध्ये अन्दाजि २५ बर्षका नाम नखुलेके एकजनाको अवस्था गम्बिर रहेको मेडिकलले जनाएको छ। अन्यको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गुल्मी जिल्लाको हस्तीचौर वाट शैक्षिक भ्रमणको लागि हिडेको गाडि फर्कने क्रममा दुर्घटनामा परेको हो।

No comments: