Tuesday, December 16, 2008

सुकेताल महोत्सव सपन्न, हजारौँ दर्शकको सहभागिता

माधब अर्याल
पाल्पा ३० मंसिर/
ग्रामिण पर्यटनलाई टेवा पुर्‍याउन आयोजना गरिएको दुई दिने सुकेताल महोत्सव आज सोमवार सम्पन्न भएको छ।
महोत्सवको समापन गर्दै पाल्पा क्षेत्र नं. २ की सभासद लिला सोमैले देशमा कुनाकाप्चामा रहेका यस्ता पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने बताउँदै अहिलेको सरकारको मुख्य ल73य पनि यही रहेको बताइन्। सभासद रुपा बिकले यस क्षेत्रको आदिवासी जनजातीको परम्परागत सँस्कृतिको जगेर्ना गर्न सके लुम्बिनी तथा पोखरा जाने पर्यटकहरु भित्र्याउन सकिने बताइन्।
महोत्सवमा हजारौँ दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो। दोभानका छिमेकी गाविस लगायत रुपन्देहीको बुटवलबाट पनि हजारौँ दर्शकहरु महोत्सव अवलोकनका लागि आएका थिए। महोत्सवमा राखिएका आदिवासी जनजातीको परम्परागत परिकार बटुक सेल लगायतका खानेकुराहरु दर्शक धेरै भएका कारण सबैलाई पर्याप्त पुग्न नसकेको गुनासो दर्शकहरुले गरेका थिए।
कार्यक्रममा माओवादीका तिलक मल्ल क्षितिज, एमालेका मोहन गैरे, काँग्रेसका महेन्द्र पा48डे, राष्ट्रिय जनमोर्चाका पुरन केसी, जनमोर्चा नेपालका चक्रब्युह कार्की, ग्रामिण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिला कार्की, जिविसका टुकराज पा48डे, ग्रामिण आर्थिक विकास संघका चोपलाल गिरि, गाविसका निवर्तमान अध्यक्ष ल73मण थापा लगायतले यस क्षेत्रको समग्र विकासको लागि स्थानीय संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए।
पाल्पाको दोभान गाविस ७ सुकेतालको समग्र विकास र पहिचान गराउने उद्देश्यले यही मंसिरको २९ र ३० गते महोत्सव आयोजना गरिएको हो। महोत्सवमा स्थानीय कला, सीप तथा उत्पादनको प्रदर्शन तथा विक्री जातिय पोसाकसहितको झाँकी, पुरानो ठुलो नाच, भजन, चुट्का, सालैजो, सोरठी, झ्याउरे, लोक तथा दोहोरीगीत प्रदर्शन गरिएको छ। साथमा स्थानीय उत्पादन र स्थानीय खानाको प्रवन्ध गरिएको प्रचार प्रसार समितिका सदस्य दलबहादुर गुरुड्डले बताए।
महोत्सव मुल आयोजक समितिका संयोजक केशवसिंह गाहाले महोत्सव सफल भएको प्रतिक्रिया दिए। लुम्विनी अन्चलको सदरमुकाम वुटवलदेखि सात किलोमिटर उत्तर र पाल्पा सुदरमुकाम देखि ३५ किलोमिटर दक्षिणमा रहेको सुकेताललाई प्रचार प्रसार गर्न सकियो भने ग्रामिण पर्यटनको नमुना बन्न सक्ने मुल आयोजक समितिका सदस्य चोपलाल गिरिले बताए।
सिद्धार्थ राजमार्गसंग र वुटवल बजारसंग जोडिएको पाल्पाको दोभान क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनिरहेको बेला महोत्सव आयोजना गरिएको हो। यस क्षेत्रलाई साँस्कृतिक, पर्यावरण र मनोरन्जनात्मक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाका अगुवाहरु कस्सिएर लागेका छन्। उद्योग वाणिज्य संघ वुटवलले पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। अध्यक्ष नवराज श्रेष्ठले यस क्षेत्रको विकास गर्न सकियो भने वुटवलमा आउने पर्यटकलाई समेत राम्रो गन्तव्य बन्ने बताए।

No comments: