Wednesday, December 24, 2008

'पत्रकार हुँ भनेपछि पिटे'

पत्रकारिता गर्दाका १३ वर्षो अवधीमा "म पत्रकार हुँ" भन्दा मैले पहिलो पटक पिटाई खानु पर्‍यो । पुष ६ गते हात्तिवनस्थित हिमाल मिडिया कार्यालयमा माओवादी कार्यकर्ताहरुबाट पिटाई खानुअघि मैले पत्रकार भएको परिचय दिदा जहिल्यै सहयोग, सदभाव र सम्मान नै पाएको थिएं । जनयुद्धताका पूर्वी पहाडमा माओवादी छापामारसँग मैले केही दिन र रात पनि विताएको थिएं । त्यसबेला उनीहरुको साथ हिड्दा, बस्दा मैले कुनै डर र खतरा महशुस गर्नु परेको थिएन, 'पत्रकार' भनेर सम्मान नै गरेका थिए । त्यसैले पनि मलाई लागेको थियो माओवादीका एक मजदुर नेताको अगुवाईमा म काम गरिरहेको कार्यालयमै आएको त्यो भीडले पत्रकारको परिचय पाएपछि हातपात नगर्ला । तर, त्यस्तो भएन ।त्यस दिन दिउँसो १२ बजे म हिमाल मिडियाको आफ्नै कार्यकक्षमा हिमाल खबरपत्रिकाको १६-३० पुषको अङ्कका लागी काम गरिरहेको थिएं । त्यसबेला प्रमुख कार्यकारी अधिकृत आशुतोष तिवारीको उपस्थितिमा कार्यालयको बैठक हलमा हरेक आइतबार हुने बैठक भइरहेको थियो, जसमा ब्यावस्थापन, सम्पादकीय, वितरण, मार्केटिङ, फाईनान्स बिभागका प्रमुखहरु उपस्थित थिए ।
सम्पादकीय टीमकातर्फबाट बैठकमा कार्यकारी सम्पादक किरण नेपाल र प्रवन्ध सम्पादक इन्द्र श्रेष्ठ सहभागीता थियो । कार्यालयमा कहिल्यै नदेखिएका मानिसहरुको एउटा समूह मिटीङ हलतिर लागेको मैले आफ्नो कार्यकक्षबाटै देखें । त्यसको केहि मिनेट नवित्दै अचानक बैठक कक्षमा "हान हान..., ठोक ठोक..., यो के गरेको...., हात नहाल हात नहाल..." आवाज आयो र एकै छिनमा बैठक कक्षको सम्पादकीयतिरकै झ्याल फुटेको आवाज सुनियो ।
मानिसहरुको कोलाहल र झ्याल फुटेको आवाज सुन्नासाथ म बैठक कोठाको पश्चिमतिरको ढोका छेउ लागे । बाटोमा झ्याल फुटेर सिसा छरपस्ट भएको देखियो । त्यसपछि मलाई बुझ्न कुनै गाह्रो परेन, यो सबै घटनामा भर्खरै कार्यालय छिरेको त्यही २५ जनाको समुहको हात छ । बैठक कक्षकभित्रको दृष्य कहाली लाग्दो थियो, बैठक हलमा रहेका सबै त्यो समूहको घेरामा थिए र उनीहरु "मजदुरको विरुद्ध लेख्ने -, नियम कानुन नमान्ने -" भन्दै हिमालका सबैजनामाथी खनिएका थिए । सबैभन्दा बेशी प्रहार आशुतोष तिवारीमाथि भइरहेको थियो । त्यहाँ रहेका हिमाल खबरपत्रिका का कार्यकारी सम्पादक किरण नेपाल, प्रवन्ध सम्पादक इन्द्र श्रेष्ठ, वेभकी सम्पादक सितु राजभण्डारी, ब्यवस्थापन विभागका शम्भु गुरागाईं, सुभाषकुमार दास, लेखा शाखाका विन्दिरा शाक्य, कर्म लामामध्ये कोहलाई त्यो समूहले मुक्का हानिरहेको थियो भने कोहीलाई हलचल गर्ननदिई समातेर राखेको थियो । यसैबीच, तिवारीसहित सबै त्यो समूहको नियन्त्रणबाट उम्किएर ढोकाबाहिर निस्कन सफल भए । हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल प्रहरीलाई खबर गर्ने उदेश्यले सम्पादकीय कार्यकक्षतिर लाग्नुभयो । तर, कसैले प्रहरीलाई घटनाको जानकारी दिन नपाओस् भनेर त्यो समूका केही सम्पादकीय कार्यकक्षमा पनि त्यसबेलासम्म तैनाथ भइसकेको थिए । हामीलाई उनीहरुले 'टेलिफोन गर्ने होइन' भनेर धम्क्याए पनि ।
हिमालखबर पत्रिका को १-१५ पुष अंकमा माओवादीसम्बद्ध मजदुर संगठनका उद्योग व्यवसाय क्षेत्रमाथि भएका यस्तै अराजक क्रियाकलापबारे 'मजदुर नाम बदनाम' शीर्षकमा आवरण रिपोर्ट र विश्लेषण छापिएको थियो । सो रिपोर्ट लेख्ने पत्रकारको समेत खोजी भएको थाहा पाएर म संगै बैठक कोठातिर दौडदै आएका सहकर्मी रामेश्वर बोहोरा ज्यान बचाउँनका लागी पनि कार्यालयको छततर्फ लागे ।पाँच मिनेटपछि नै 'श्वेत आत्तङ्क' बैठक कक्ष बाहिर फैलिएको थियो । आफ्नो क्याबिनबाट दौडदै आएका नेपाली टाइम्स साप्ताहिकका सम्पादक तथा हिमाल मिडीयाका सहप्रकाशक कुन्द दीक्षितले 'यो के गरेको -' भन्नासाथ २/३ जनाले धकेल्दै थिए । उता पिटाई खेप्दै आफ्नो क्याबिनतिर लागेका तिवारी माथी प्रहार रोकिएकै थिएन् । उहाँलाई जोगाउँने हुँदा प्रशासन शाखाका सुरेन्द्र शर्माले र वीरबहादुर तामाङ्गले लात्ती-मुक्का खाइरहेका थिए । आक्रमणकारी मध्येका मोटा र खाइलाग्दा ज्यान भएकाहरुले थप दुई वटा झ्यालका शिसा फोडी सकेका थिए, कार्यलयका पाटेशन फोडेका थिए । त्यहिबेला मैले त्यहाँ एउटा परिचित अनुहार देखे । उनी थिए माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्त । हिमालका पुराना अङ्कमा मजदुर सम्बन्धी रिपोर्टङमा उनका तस्विर र भनाई छापीएकाले माओवादीको मजदुर नेताकै नेतृत्वमा सो जत्था हिमालमा आक्रमण गर्न आएको बुझ्न गार्हो परेन । निक्कै तोडफोड र कुटपीट भइसकेकोले होला उनी भन्दै थिए "माथीको आदेश भन्दा बढी भयो अब तोडफोड नगरौ ।" पन्तको आवाजसंगै त्यहाँ रहेका मध्ये थप केहिले गोजीबाट रुमाल झिकेर मुख ढाक्न थाले । त्यहिबेला कुन्द दीक्षितको ठुलो स्वर सुनियो "लोकतन्त्र भनेको यहि हो - तपाइहरुले बनाउँन खोजेको नयाँ नेपालमा यस्तै हुन्छ -" तिवारीलाई छाडेर उनीहरु दिक्षीत तिरै फर्कन्छन् भन्ने लागेर मैले उहाँ लाई च्याप्प समातेर भने "यिनीहरुले अब तपाइलाई पनि हातपात गर्छन्, यहाँबाट जानुस् ।" नभन्दै उनिहरु "के भनिस् -" भन्दै जाइलाग्न खोजेपछिसंगै रहेको मैले दुई हातले अगाडी र पछाडीकालाई ठेल्दै भने "हात नहाल्नुस, बसेर कुरा गरै ।" ति मध्येका एउटाले मलाई धकेल्दै सोध्यो "ए, तँ को होस् -" "म हिमालको पत्रकार हुँ ।" मात्रै के भनेको थिए एउटाले "ए तँ पत्रकार.." भन्दै थियो, अर्कोले मेरो मुखमा एक मुक्का हान्यो । त्यसपछी मेरो टाउको र डाढमा दनादन लात्ति र मुड्की बज्जारिए । म माथिको प्रहार रोक्न खोज्दा कुन्द दिक्षित माथि पनि मुक्का र लात्ती हान्न थालियो । म भुइमा बज्जारिएर उठ्दा मेरो मुखबाट रगत बग्न थालेको थियो । रगतका थोपा भुइमा समेत र्झन थालेको देखेपछि उनिहरु मध्ये कसैले भन्यो "जाऊ जाऊ अब पुग्यो..." । केहि बेरमै उनीहरु हुरुरु निस्किए । यो सब १० देखी १५ मिनेटको बीचमा भएको थियो ।
पछि थाहा भयो अरु २५/३० जनालाई कार्यलय बाहिर निगरानीमा राखेर छापामार शैलीमा उनीहरु भित्र छिरेका रहेछन् । मलाई "म पत्रकार हुँ" भनेपछि पिट्न थालेकाले उनीहरुले किरण नेपाललाई कार्यकारी सम्पादक भनेर चिनेका भए के गर्थे होलान भन्ने लाग्यो । उता हिमालका सम्पादक/प्रकाशक कनकमणी दिक्षित कार्यालय बाहिर रहनु भएकोले आक्रमणको शिकार हुनबाट बच्नुभयो।त्यस दिन मलाई जस्तै उनीहरुले "तँ को होस् -" भन्दा "म यहाँको मजदुर हुँ" भनेपछि हिमालका कर्मचारी रवि केसीलाई उनीहरुले छाडेकाले उनीहरु "पत्रकार पिटन्" नै आएको बुझ्न गार्हो परेन । तर कस्तो अचम्म यता हामीलाई पिटेर आफ्ना कार्यकर्ता फर्केपछि उनीहरुकै नेता तथा माओवादी सभासद शालिकराम जम्मकट्टेल हिमालमा आफ्ना कार्यकर्तालाई छलफलका लागी बोलाएर 'गुण्डा' लगाएर पिटाए भनिरहेका रहेछन् । साझँमा कुटाईको घाउ चह्राईरहेको थियो, जिउ थिलथिलो भएको थियो । टेलिभीजनका पर्दामा आफ्नै रगतपच्छे अनुहार देखिरहेको थिए । संगै जम्मकट्टेले सदनमा भनेका कुरा पनि हेरिरहेको थिए । उता रेडियोमा बीबीसी नेपाली सेवामा रविन्द्र मिश्रको एक प्रश्नमा उनै शालिकराम बोलिरहेका थिए "हिमालले नै हाम्रा कार्यकर्तालाई छलफलमा बोलाएर गुण्डा लगाएर पिटाएका हुन्, हामीले आक्रमण गरेका हैनौ ।" उनको कुरा सुनेपछि मलाई लाग्यो माओवादी हिजोको माओवादी रहेन्, जो पत्रकारको सम्मान गथ्र्यो र प्रेस स्वतन्त्रताको वकालत गथ्र्यो आज पत्रकारलाई खोजी खोजी पिटन् थालेकाछन् । मैले हिजोका दिनमा रिपोर्टिङकाक्रममा हतियाधारी छापामारसंग डराउन परेको थिएन् । तर, अब 'नयाँ नेपाल'का माओवादीसंगै डर मान्नु पर्ने भएको छ । किनकी उनीहरुलाई अहिले हिमाल मिडीया जस्तो स्वतन्त्र प्रेसलाई सबैभन्दा ठुलो शत्रु लाग्न थालेको छ । Source Himal Kahbar Patrika

यस्तो पो बिहे !

कसले सामग्री लागि प्रस्तुति गर्दै छ itssagarg@gmail.com
बिहे थियो तर कुनै तामझाम थिएन । माला र नयाँ पोसाकका कारण बरवधू सामान्य रूपमा नायक-नायिकाजस्तै देखिएका थिए । दाइजो, भव्य उपहार र परम्परागत लफडा हुने त कुरै भएन ।धादिङस्थित महादेवबेंसी बजारमा शनिबार बिहे गराउन जम्मा भएको समूहका सहभागी भन्दै थिए, 'बिहे हुनु त यस्तो पो ! सेना समायोजनको बहस चलिरहेका बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै अलग छ ।'प्रसंग हो माओवादी जनसेनामा रहेकी धादिङ, थाक्रे-३ महादेवबेंसीकी सलिसा अर्याल र नेपालगन्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीच भएको विवाहको । प्रगतिशील बिहे नाम दिइएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका धादिङ क्षेत्र नम्बर १ का सभासद् पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होइन राजनीतिक अर्थ पनि छ ।' स्थानीय महादेवबेंसीकी अर्याल र उनको गाउँनजिक कोइरालेडाँडामा रहेको नेपाली सेनाको टुकडीमा सेवारत आचार्यबीच झन्डै एक वर्ष लामो प्रेम चल्यो । 'सम्बन्धका कारण पनि हामी बिहेको बिन्दुसम्म आइपुग्यौँ,' छापामार प्रशिक्षणप्राप्त वधू सलिसाले भनिन्, 'हामीले जे गर्‍यौं, सतप्रतिशत सही गर्‍याँ ।' नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै गर्दा सलिसाको अनुहार खुसीले धपक्क बलेको थियो ।सलिसा र श्रीकुमारबीचको प्रेमकथा त्यत्तिकै घतलाग्दो छ । चितवनको शक्तिखोरस्थित माओवादी जनसेना शिविरमा रहेकी सलिसा आफ्ना बेपत्ता बाबु इन्द्रबहादुर अर्यालको खोजीका लागि आफ्नै घर धादिङको महादेवबेंसी फर्केकी थिइन् । 'जनयुद्धको वेला बेपत्ता भएका मेरा बाबुको खोजीका लागि सहयोग माग्ने सिलसिलामा नेपाली सेनाका प्युठ श्रीकुमारसँग परिचय भयो,' उनले आफ्नो प्रेमकहानी सुरु गरिन्, 'त्यसपछि मलाई उहाँको स्वभाव र चरित्र मन पर्न थाल्यो ।'२५ कात्तिक ०६० मा सलिसाका बाबु इन्द्रबहादुरलाई तत्कालीन शाही सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेर बेपत्ता पारेको थियो । बाबु बेपत्ताको बदला लिन भनेर माओवादी शरणमा पुगेकी सलिसा दस कक्षा पढ्दापढ्दै ०६३ मा 'जनसेना' बनिन् । अनमिनले गरेको पहिलो प्रमाणीकरणमा उनी माओवादी सेनामा योग्य ठहरिएकी थिइन् । 'दोस्रो प्रमाणीकरणका वेला यतै घरतिर भइयो । शक्तिखोर गइएन,' मुस्कुराउँदै सलिसाले भनिन्, 'यता, सेनाको दोस्त फेला पारियो । यतै बसियो ।'बाबु बेपत्ता पारिएपछि तत्कालीन शाही सेनासँग आगो बनेकी सलिसाले अन्ततः सेनाकै जवानसँग प्रेममा फसेको कुरा उनको घर-परिवारलाई थाहा थियो रे । परिवारका सदस्यलाई थाहा हुँदाहुँदै श्रीकुमारको बिदाको मौका पारेर उनीहरू लुकिछिपी 'डेटिङ' गर्ने गरेको स्थानीयवासीले बताए । बिहेमा सहभागी स्थानीय ईश्वर थापाले भने, 'अब त ढुक्क भो नि, जीवनसाथी बनेपछि ।' गाउँमा सानुमैया भनेर परिचित जनसेना सलिसाले बिहेअघि नै सेनामा कार्यरत आफ्ना प्रेमी श्रीकुमारको तस्बिर कोठामा सजाएर राखेकी थिइन् । उनले लजाउँदै भनिन्, 'दिलमा सजाउने मान्छेको तस्बिरलाई कोठामा सजाएको हो ।'बिहेमा उपस्थित केहीले खासखुस गरेको पनि सुनियो । भन्दै थिए, 'सानुमैयाले सेनासँग बिहे गरेपछि कतै आस्था नै परिवर्तन त गरिनन् ?' जिज्ञासा वधू सलिसासँग पनि प्रश्न राखियो । एकक्षण सोचमग्न बनेर उनले भनिन्, 'म अहिले पनि माओवादीप्रति त्यत्तिकै आस्था राख्छु । र, राखिरहन्छु ।' बिहेमा प्रमुख अतिथिका रूपमा माओवादी सभासद् मल्ल मात्र होइन जनमुक्ति सेना चौथो डिभिजन कमान्डर यमबहादुर अधिकारी र जिल्ला सेक्रेटरी आकांक्षालगायत माओवादी कार्यकर्ता सहभागी थिए । बिहेमा अतिथिलाई स्वागत गर्ने क्रममा दुलहीका काका भरतले समाज परिवर्तनकै लागि बाबुलाई सेनाले बेपत्ता बनाए पनि सैनिकलाई नै छोरी दिएको बताए । 'परिस्थिति बदलिएको छ । अब बदलाको भावनाले मात्र काम गर्दैन,' भरत भने, 'यो बिहेलाई सबैले अर्थपूर्ण रूपमा लिएका छन् । हामी त्यसैमा खुसी छौं ।' -रामेश्वर कार्की/नयाँ पत्रिकाधादिङ, १४ मंसिर

पाल्पा तानसेनको सेरोफेरोको आजको फोटो




साथमा पाल्पा तानसेनको मुटु सितलपार्टिको मुल गेट अर्थात मुलठोका र सितलपार्टिको गोलो घर Photo: Sam




Monday, December 22, 2008

भारतिय प्रध्यापकहरु स्थायीको माग गदै आन्दोलनमा

सागर घिमिरे
पाल्पा ७ पौष
विगत २ दखि ३ दशक सम्म पाल्पाको त्रिभुवन बहुमुखि क्यापसमा पढाउदै आएका भारतिय प्रध्यापकहरुलाइ त्रिभुवन विश्वविद्यालयले अहिले सम्म पनि स्थायी नगरेकाले स्थायीको माग गदै आन्दोलन कार्यक्रम अगाडि सारेका छन्।
पटक पटक सरकार र त्रिभुवन विश्वविद्यालय संग स्थायीको माग गरे पनि विभिन्न बहानामा झुलाइ रहेकाले नेपालमा कार्यरत झ48डै १ सय प्रध्यापकहरु २० देखि ३२ बर्ष पढाउर्दा पनि स्थायी हुनबाट बन्चित रहेको प्राध्यापक देवेशकुमार उपाध्यायले बताउनु भयो। पाल्पामा ९,विराटनगरमा १२ लगाएत नेपालमा २२ जिल्लामा त्रिभुवन विश्वविद्यालय अर्न्तगतका क्यापसहरुमा छरिएर रहेका भारतिय प्रध्यपाकहरुले विज्ञान, गणित र अंग्रेजी विषयहरु पठाउदै आएका छन्। विगतमा धेरै पटक भारत सरकार, राजदुताबास समेतले यस विषयमा नेपाल सरकारलाइ आग्रह गरेको तर स्थायी गर्न व्यावस्था मिलाउने आसपासन दिएर आन्दोलन रोक्ने अनि एक अर्कोमा दोष थुपारेर त्रिभुवन विश्वविद्यालयले ध्यान नदिने गरेको छ। पाल्पामा कार्यरत प्रध्यापकहरुले स्थानिय स्तरबाट नै राजनितीक दल, भातृसंगठन, क्याम्पस प्रशासन, पत्रकार लागएत सबै पक्ष संग सम्बन्धीत पक्षलाइ दवाब दिन आन्दोलनमा सर्मथन गर्न आग्रह गरेर सर्मथन पत्र सहित प्रधानमन्त्रीलाइ भेटने कार्यक्रम तय गरेका छन्। नेपाल भरिका प्रध्यापकहरु काठमा48डौमा जम्मा भएर त्रिभुवन विश्वविद्यालयलका पधाधिकारी र प्रधानमन्त्रीलाइ भेट्ने प्रध्यापक डा सचिदानन्द पाठकले बताउनु भयो। प्रध्यापकहरुले निवृत्तिभरण, उपदान, स्वाध्यया विदा सरुवा लगाएतका सेवाबाट पनि बञ्चित रहेकोले लामो समय सेवा गरेपनि यसबारमा कसैको ध्यान पुग्न नसकेको गुनासो गरेका छन्। नेपालमा कर्यरत भारतिय प्रध्ायपकहरु मध्ये आयोगबाट २ जना मात्र स्थायी भएको र पछि आयोगमा समेत सहभागि हुनबाट बञ्चित गराइएको प्रध्यापक सुदिव बागचीले बताउनु भयो। नेपालका सरकारी विद्यालयको सबै स्तरमा धेरै भारतिय शिक्षकहरुले स्थायी नियुत्ति पाइरहेका छन् तर प्रध्यायपकहरु भने ३२ बर्ष हुर्दा पनि स्थायी नहुनु बिडम्बना भएको बताउदै प्रध्यापकहरुले सडकमा टायर बाल्ने र मसाल जुलुस गर्नका मात्र सरकारले माग पुरा गरेको जनाएका छन्।

हिसाब किताव किताव बुझाएर यात्रा गर्न वाध्यत्ता

कविन्द्र नेपाल
बुटवल, मंसिर
३७ वर्ष अगाडि निर्माण पूरा भएको शिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खडमा यात्रा गर्ने यात्रुहरुले आफ्ना परिवारका सदस्यहरुलाई आफ्नो हिसाब किताव किताव बुझाएर यात्रा गर्न वाध्यत्ता र्सिजना भएको छ।
राज्यको तर्फबाट दिर्घकालिन समस्या समाधान हुनेगरि प्रयाप्त वजेट विनियोजन नहुनु , र्जिण सडकमा क्षमतम भन्दा वढि गाडि गुडनु , पहिरो नियन्त्रण हुन नसक्नु जस्ता कारणले वर्षा याममा मात्र नभई बा्रहैमास मनभरी त्रास वोकेर यात्रा गर्नु परेको हो।
चिडिया खोला देखि पाल्पा को दोभान सम्मको ४ किलो मिटर सडक ख48ड सरकारले समयकै मर्मत वा वैकल्पिक व्यवस्था गर्न नसकेमा केहि समय भित्रै आवागमन ठप्प हुने प्राविधिकहरु वताउछन्।
उत्तर दक्षिण जोड्ने एकमात्र राजमार्ग संगै पाल्पा , गुल्मी स्याङजा , कास्की , पर्वत वाग्लुङ, म्याग्दी , मुस्ताङ्ग अर्घाखाची जिल्लाको भविष्य जोडिएको छ। एक दिन सडक बन्दहुदा ठूलो घाटा बेहोर्नुपर्छ व्यावारीहरुले। उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष शकर श्रेष्ठले बेला―बेलाका बन्दका कारण ठूलो क्षति वेहोर्नु परेको र यथासक्य छिटो सडक मर्मत हुनुपर्ने बताउछन्। पर्यटनको राम्रो गन्तव्य स्थल पाल्पा भएपनि सडक अवस्थाका कारण एक पटक पाल्पा आएको विदेशी पर्यटक फेरी आउन नमान्ने पाल्पाका होटल व्यवसायीहरु बताउछन्। सडकसंगै पहाडी जिल्लाका समग्र विकास जोडिएको छ। वर्षायाममा कहाँ पुग्दा पहिरोले च्याँप्छ त्रास बोकेर हिड्न बाध्य भएको उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष श्रेष्ठले जोडे। पाल्पा, गल्मी, अर्घाखाँची स्याँङ्जा लगायतका पहाडी जिल्लाको भविष्य जोडिएको सडकमा पहिरो गएपछि सोहोर्न जानु भन्दा पहिरो नजादै सडक मर्मत गरि पहिरो रोकथाम गर्नुपर्ने धारणा श्रेष्ठको छ।
वुटवल चिडियाखोला बाटोको लागि सडक डिभिजन कार्यालय वुटवलले १५ लाख रुपैंयाँ बजेट छुट्याएको र यो बजेट सडक मर्मतका लागि प्रयाप्त नभएको र उक्त ४ किलोमिटर सडक राम्रोसंग मर्मत गर्नकालागि १० देखि १५ करोड रुपैंयाँ लाग्ने इन्जिनियरहरु बताउँछन्। सडकलाई सम्पूर्ण विकासको मेरुड48डको रुपमा लिन्छ। २०४६ सालको राजनैतिक परिवर्तन संगै विकासको गति पनि सोही रुपमा अगाडि बढेकाछन्। तर यहाँको ४ किलोमिटर सडक बन्नुको साटो विग्रदो गतिमा छ। यस सम्वन्धमा तात्कालिन प्रधानमन्त्री, अर्थमन्त्री सबैलाई यसबारे अवगत गराएपनि अझैसम्म कसैको ध्यान आकर्षण नभएको पाल्पाका उद्योगीहरु बताउँछन्।
यो सडकमा यात्रा गर्दा कतिले ज्यान गुमाए भने कति घाइते भएत कति सवा।री साधन नै क्षतविक्षेत भए। सडक चाडो भन्दा चाडो मर्मत हुनुपर्छ भन्नेमा कसैको दुई मत छैन्। सडक मर्मत मात्र नभएर यसको वैकल्पिक खोजि पनि हुन थालेको छ। वैकल्पिक सडक नुवाकोट देखि झुम्सा जोड्ने कुरा गरेपनि उक्त सडक पनि त्यति उपलब्धिमुलक हुन नसक्ने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर कृष्ण भ48डारी बताउँछन्। सडक मर्मतकालागि ठूलो धनराशी लाग्ने हँुदा प्रयाप्त बजेट सहयोग गर्न नसके पनि सडक यथासक्य चाडो मर्मत गर्नकालागि आफूले भ्याएजति सम्पूर्ण सहयोग गर्ने बुटवल नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले बताए।

Tuesday, December 16, 2008

बन्दले पाल्पाको जनजिवन प्रभावित

सागर घिमिरे
पाल्पा पौष १
नेपालि काग्रेस र नेपाल बिद्यार्थि संघ पाल्पाले आब्वाहान गरेको आजको पाल्पा बन्दको प्रभाव सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा परेको छ। बन्दका कारण पाल्पाबाट छुटने लामो तथा छोटो दुरिका कुनैपनि सवारि साधन चल्न सकेनन भने बजार पुर्ण रुपमा बन्द रहयो। शैक्षिक संघ सस्थामा पठन पाठन हुन नसकेको भएपनि संचालन भैरहेको परिक्षालाई भने कुनै असर परेन।
त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाको परिसरमा वाल पेन्टिङको बिषयलाई लिएर अखिल क्रान्तिकारी र नेपाल बिद्यार्थि संघ बिच भएको बिवादका कारण नेपाली काग्रेस र नेविसंघले पाल्पा बन्द गरको हो। नेपाल बिद्यार्थि संघले पहिले लेखेको भित्ते लेखनलाई मेटि अखिल क्रान्तिकारीले आफ्नो नारा लेख्न थालेपछी अखिल क्रान्तिकारी र नेविसंघ बिच हातहालाहालको स्थिती सृजना भएको थियो। अखिल क्रान्तिकारीले आफ्नो युवा दस्ता वाईसिएल लाई बोलाई स्ववियु सभापती एवं नेविसंघका नेता मोति भडारी लगाएत नेविसंघ माथि आक्रमण गरेको भन्दै हिजो पत्रकार सम्मेलनको आयोजना गरि आजका लागि पाल्पा बन्दको आव्वाहान गरेको थियो। बन्द सफल पार्न नेपाल बिद्यार्थि संघले तानसेनमा बिहानै देखि माओबादि र वाईसिएलका बिरुद्ध नाराबाजि गरेको छ। यता नेपाली काग्रेसले हिजो निकालेको प्रेस बिज्ञप्तिमा वाईसिएल लाई बिना कारण लगाईएको आरोपको बिरुद्ध वाईसिएलले पनि नारा जुलुस सहित बजार परिक्रमा गरेको थियो।
जुलुस पछि भएको कोण सभामा बोल्दै सभासद रुपा बिक, नेकपा माओबादी जिल्ला सेक्रेटरी क्षितीज, वाईसएल जिल्ला अध्यक्ष धिरज थापा लगाएतले बन्दको कुनै औचित्य नरहको बताएका छन।
अखिल क्रान्तिकारीले भने वालपेन्टिङ गर्ने ठाऊ सधैभरि कसैको पेवा नहुने र नारा पुरानो भैसकेपछि अरुले पनि उक्त ठाऊँ प्रयोग गर्न पाउनुपर्ने बताउदै नेविसंघ र काग्रेसले घटनालाई उत्तेजित बनाउन खोजेको आरोप लगाएको छ।

बन्द सडक अझै खुलेन

मनोरञ्जन शर्मा
भैरहवा,पौष १
सडक दुर्घटनामा परी मृत्यु भएका आफन्त र स्थानीयबासीले क्षतिपुर्ति र चालकलाई कारबाहीको माग गर्दै गरेका शिद्धार्द्ध राजमार्गको बुटवल भैरहवाको सडह खन्ड अझै सुचारु भएको छैन्। उनिहरुले आज बिहान ८ बजेबाट कोटीहवामा राजमार्ग अबरुद्ध गरेका हुन्। हिजो दिउसो राजमार्गको पडसरी नजिकै लु १ ख ४७०५ नम्बरको ट्रकले लु ३ प ७९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलको पछाडी बस्ोका मधवलीया गाबिस वडा नम्बर ४ कोटीहवाका १५ बर्षिय मिथिलेश श्रेष्ठ गंभीर घाईते भएकोमा थप उपचारका लागी काठमा48डौ लैजादै गर्दा राती १० बजे मुग्लींगमा निधन भएको थियो। मृतकका पिता नरेश गोपाल श्रेष्ठ भने सामान्य घाईते भएका छन्। पिडीत पक्ष र सरोकार वाला बिच सहमती बन्न नसक्दा बाटो अहिले सम्म नखुलेको हो।

सुकेताल महोत्सव सपन्न, हजारौँ दर्शकको सहभागिता

माधब अर्याल
पाल्पा ३० मंसिर/
ग्रामिण पर्यटनलाई टेवा पुर्‍याउन आयोजना गरिएको दुई दिने सुकेताल महोत्सव आज सोमवार सम्पन्न भएको छ।
महोत्सवको समापन गर्दै पाल्पा क्षेत्र नं. २ की सभासद लिला सोमैले देशमा कुनाकाप्चामा रहेका यस्ता पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने बताउँदै अहिलेको सरकारको मुख्य ल73य पनि यही रहेको बताइन्। सभासद रुपा बिकले यस क्षेत्रको आदिवासी जनजातीको परम्परागत सँस्कृतिको जगेर्ना गर्न सके लुम्बिनी तथा पोखरा जाने पर्यटकहरु भित्र्याउन सकिने बताइन्।
महोत्सवमा हजारौँ दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो। दोभानका छिमेकी गाविस लगायत रुपन्देहीको बुटवलबाट पनि हजारौँ दर्शकहरु महोत्सव अवलोकनका लागि आएका थिए। महोत्सवमा राखिएका आदिवासी जनजातीको परम्परागत परिकार बटुक सेल लगायतका खानेकुराहरु दर्शक धेरै भएका कारण सबैलाई पर्याप्त पुग्न नसकेको गुनासो दर्शकहरुले गरेका थिए।
कार्यक्रममा माओवादीका तिलक मल्ल क्षितिज, एमालेका मोहन गैरे, काँग्रेसका महेन्द्र पा48डे, राष्ट्रिय जनमोर्चाका पुरन केसी, जनमोर्चा नेपालका चक्रब्युह कार्की, ग्रामिण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिला कार्की, जिविसका टुकराज पा48डे, ग्रामिण आर्थिक विकास संघका चोपलाल गिरि, गाविसका निवर्तमान अध्यक्ष ल73मण थापा लगायतले यस क्षेत्रको समग्र विकासको लागि स्थानीय संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए।
पाल्पाको दोभान गाविस ७ सुकेतालको समग्र विकास र पहिचान गराउने उद्देश्यले यही मंसिरको २९ र ३० गते महोत्सव आयोजना गरिएको हो। महोत्सवमा स्थानीय कला, सीप तथा उत्पादनको प्रदर्शन तथा विक्री जातिय पोसाकसहितको झाँकी, पुरानो ठुलो नाच, भजन, चुट्का, सालैजो, सोरठी, झ्याउरे, लोक तथा दोहोरीगीत प्रदर्शन गरिएको छ। साथमा स्थानीय उत्पादन र स्थानीय खानाको प्रवन्ध गरिएको प्रचार प्रसार समितिका सदस्य दलबहादुर गुरुड्डले बताए।
महोत्सव मुल आयोजक समितिका संयोजक केशवसिंह गाहाले महोत्सव सफल भएको प्रतिक्रिया दिए। लुम्विनी अन्चलको सदरमुकाम वुटवलदेखि सात किलोमिटर उत्तर र पाल्पा सुदरमुकाम देखि ३५ किलोमिटर दक्षिणमा रहेको सुकेताललाई प्रचार प्रसार गर्न सकियो भने ग्रामिण पर्यटनको नमुना बन्न सक्ने मुल आयोजक समितिका सदस्य चोपलाल गिरिले बताए।
सिद्धार्थ राजमार्गसंग र वुटवल बजारसंग जोडिएको पाल्पाको दोभान क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनिरहेको बेला महोत्सव आयोजना गरिएको हो। यस क्षेत्रलाई साँस्कृतिक, पर्यावरण र मनोरन्जनात्मक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाका अगुवाहरु कस्सिएर लागेका छन्। उद्योग वाणिज्य संघ वुटवलले पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। अध्यक्ष नवराज श्रेष्ठले यस क्षेत्रको विकास गर्न सकियो भने वुटवलमा आउने पर्यटकलाई समेत राम्रो गन्तव्य बन्ने बताए।

Sunday, December 14, 2008

सुकेताल महोत्सव पाल्पामा सुरु

सागर घिमिरे
पाल्पा, २९ मंसिर
ग्रामिण पर्यटनलाई टेवा पुर्याउन उद्देश्यले पाल्पाको दोभान गाविस ७ सुकेतालमा आज देखि २ दिने सुकेताल महोत्सव शुरु भएको छ। सिद्धार्थ राजमार्गबाट २ घ48टा उकालो पैदल यात्रमा पुग्न सकिने सुकेताल क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनिरहेको बेला महोत्सव आयोजना गरिएको हो। महोत्सवमा स्थानीय कला, सीप तथा उत्पादनको प्रदर्शन तथा विक्री जातिय पोशाक सहितको झाकी, पुरानो ठुलो नाच, भजन, चुट्का, सालैजो, सोरठी, झ्याउरे, लोक तथा दोहोरीगीत प्रदर्शन गरिएको थियो। दोभान एकीकृत पर्यटन विकास समिति र गाविसको आयोजनामा शुरु भएको महोत्वसबाट शिद्ध गुफा, रामापिथेकसको अवषेश, पुरानो नुवाकोट गढी, सुकेताल, भुतखोला लगाएतका क्षेत्रलाई संरक्षणमा टेवा पुग्ने स्थानीय चोपलाल गिरिले बताउनु भयो। आदिवासी मगर समुदायको नमुना बस्ती ,छुट्टै कला, भाषा र संस्कृति रहेको यस क्षेत्रमा लुम्विनी आउने पर्यटक र पोखरावाट लुम्विनी जाने पर्यटकलाई दोभान भित्रयाउन महोत्सव सहयोगी हुने स्थानिय बासिन्दाले जनाएका छन्। महोत्सबको आज सभासद लिला सोमैले उदघाटन गर्नुभएको छ। उहाले यस्ता खाले महोत्सवले स्थानिय स्तरमा लोप उन्मुख अबस्थामा रहेका प्राकृतिक सम्पदाहरुलाई संरक्षण गर्न सहयोग पुर्याउने बताउनुभयो। उदघाटन समारोहमा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधिहरुले बोलेका थिए। रुपन्देहीको वुटवलदेखि सात किलोमिटर उत्तर र पाल्पा सुदरमुकाम देखि ३५ किलोमिटर दक्षिणमा सुकेताल रहेको छ।

Thursday, December 11, 2008

पाल्पाको मस्याममा जिप दुर्घटना, १ को मृत्यु १४ घाईते

सागर घिमिरे
पाल्पा मंसिर २७
बुटवलबाट गुल्मि तर्फ आउदै गर्दा पाल्पाको मस्याम गा.वि.स.को चरचरे कालिमाटी नजिक लु.१.ज. १६०५ नं.को जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ।
आज बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा डडेल्धुराका यज्ञराज महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा परि घाईतेहुनेहरुमा हस्तिचौर ३ गुल्मिका १७ बर्षका अमर कुँवर, २४ बर्षकि सरिता महत, १९ बर्षका नारायण अधिकारी, २४ बर्षका कपिल मरासिनि, १८ बर्षका द्रोण बहादुर कुंवर, ४७ बर्षका दधिराम पन्थि, ३५ बर्षका इन्द्र बहादुर महत, हस्तिथचौर ५ का १९ बर्षीया बाल कुमारी थापा, १९ बर्षकि मनिषा थापा, यस्तै हस्तिचौर २ की १६ बर्षिया सविता कुंवर, २८ बर्षकि अनिता कुंवरको उपचार भैरहेको छ। यस्तै हस्तिचौर ४ का ४० बर्षिया नारायण कुंवर र बिरबास ८ गुल्मिकै २१ बर्षिया दिपक पालिको पनि लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभास पाल्पामा मा उपचार भैरहेको छ। घाईते मध्ये अन्दाजि २५ बर्षका नाम नखुलेके एकजनाको अवस्था गम्बिर रहेको मेडिकलले जनाएको छ। अन्यको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गुल्मी जिल्लाको हस्तीचौर वाट शैक्षिक भ्रमणको लागि हिडेको गाडि फर्कने क्रममा दुर्घटनामा परेको हो।

सिमि स्वास्थ्य पोषण तथा शिक्षा कार्यक्रमको मुल्याकंन

पाल्पा मंसिर २६
सिमि स्वास्थ्य पोषण तथा शिक्षा कार्यक्रम पाल्पाको जिल्ला स्तरिय अभिमुखिकरण तथा अन्तरकृयात्मक बैठक सम्पन्न भएको छ। तानसेनमा आज आयोजित कार्यक्रममा सिमि ओभिसिका कार्यक्रम संयोजक अम्बिका भट्टराईले जोखिममा रहेका बालबालिका र गर्भबति महिलालाई संन्तुलित आहार पोषणयुक्त खानेकुरा तथा ज्ञान र धारणमा परिवर्तन ल्याउने कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो। पाल्पाका १० वटा गाविसमा संचालित कार्यक्रमले ५ बर्ष मुनिका बच्चाको स्याहार र गर्भबतिहरुको स्वास्थ्य चेतनामा अभिबृदि गरेको तथ्य उहाले सार्वजनिक गर्नुभयो। सिमि ओभिसिले यस बर्ष थप ७ वटा गाबिसमा कार्यक्रम संचालन गरेको छ। अन्तरकृया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य प्रशासक बालकृष्ण भुषालले चेतना हावा र प्रकास जस्तै सोझा आखाले नदेखिएपनि बृद्धि भैरहेको बताउनुभयो। कार्यक्रममा सिमिका क्षेत्रिय प्रबन्धक सोभित थापा, समुदाय स्वास्थ्य बिभाग मिसन अस्पतालका कमल भट्टराई, महिला बिकास अधिकृत चमेलि देवि श्रेष्ठ नेपाल पत्रकार महांसघ पाल्पाका सचिव राजेश अर्याल लगाएतले कार्यक्रममो समयाबधि र कृयाकलाप थप गर्न सुझाब दिनुभयो। ग्रामिण बिकासका लागि सहयोगि हातहरु कि सोनिका कुंवर र स्वास्थ्य शिक्षा तथा बिकास सेवा समाजकी एलिना सारुले बाष्र्िाक गतिबिधि प्रस्तुत गनर्ुृभएको थियो।

Wednesday, December 10, 2008

केराबारीमा ३ सवारी साधनमा लुटपाट

सागर घिमिरे
पाल्पा मंसिर २६
सिद्धार्थ राजमार्ग अन्तरगत वुटवल तानसेन सडकको केराबारीमा बुधबार राति ३ वटा सवारीमा लुटपाट भएको छ। ६ जनाको समुहमा आएका नाम नचिनेका हतियारधारी समुहले मुखमा पट्टी वाँधेर करिव ३ लाख रुपैंया लुटपाट गरेका छन्। गाडि मजदुर तथा यात्रीहरुको मोवाइल सेट र नगद चोरी भएको यात्री हिमराज न्यौपानेले वताउनुभयो। खानीछाप गाउँ विकास समिति पाल्पाका न्यौपानेले भैरहवावाट मालसामान लिएर आउँदै गर्दा लुटेराहरुले गाडि रोकेर नगद तथा मोबाईल लगेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १ वटा बस २ वटा ट्रक लुटिएका छन्। टुटेराहरुको खोजिकार्य भैरहेको प्रहरिले जनाएको छ। दाङ्गबाट पोखरा शैक्षिक भ्रमणको लागि हिडेको बस तथा बुटवलबाट गुल्मि र गल्याङ्गको लागि हिडेका २ वटा ट्रक लुटिएका हुन।