Thursday, January 22, 2009

बुद्धको जन्मस्थान खोसियो

Sagar Ghimire

हालै मात्र रिलीज भएको हिन्दि चलचित्र चाँदनी चोक टु चाइनामा प्रयोग गरिएको शब्दले नेपाल र नेपालीलाई फेरी चुनौती दिएको छ। बुद्ध जन्मेको देश भनेर हाम्रो देश नेपाललाई संसारले चिन्ने गरेको छ तर पनि भारतले उक्त चलचित्र मार्फत बुद्ध जन्मिएको देश भनेर आफ्नो देशलाई चिनाउने दुष्प्रयास गरेको छ।

हुन त भारतका बिभिन्न सामान्य ज्ञान तथा बिभिन्न पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आफ्ना जनतालाई पहिलेदेखि नै घोकाईरहेको नै थियो। आखिर चलचित्र मार्फत संसारलाई झुठो बोल्ल समेत भारत पछि परेन। आखिर भारतले यस्ता कुरामा किन नेपाललाई पटक पटक तल पारिरहन्छ। सम्पुर्ण बौद्ध धर्मालम्बीहरुले नेपालको लुम्बिनी बुद्ध जन्मेको ठाउ भनेर मान्दा मान्दै भारत आखिर के चाहन्छ? भारतले नेपालको सिमा अतिक्रमण देखि लिएर हरेक कुरामा किन हात लम्काईरहन्छ यसको लागि भारत सरकारसंग तत्काल विषेश छलफल हुनु जरुरि छ।

लडाकु र कसैको कब्जामा नपरेको भनेर बिश्वभरी चिनीने हाम्रो देशमा आज यस्ता कुराले गर्दा नेपालीको शिर निहुरीएको छ। के भारतले आफु सम्पन्न र ठुलो देश भनेर नेपाललाई जिस्काईरहेको हो? कुनै बेला तिनै भारतीय ऋतिक रोसनले नेपालको बारेमा नराम्रो बोल्दा रोसनका सम्पुर्ण चलचित्र बहिस्कार गर्ने हामि नेपाली आज बुद्धको जन्म स्थान खोसिँदा किन मौन छौ? चलचित्र रिलीज भैसकेर यो कुरा बाहिर आउदा समेत यसको बारेमा हाम्रो सरकार किन केहि बोल्न चाहदैन? किन मौन छ सरकार आफ्नो राष्ट्रिय अखडता प्रति? भारतको यस्तो किसिमको मिचाहा र दमनको हामिले सहि हिसाव किताव माग्नु जरुरी छ।

Saturday, January 10, 2009

आफ्नै देशको “सिमानाको खोजिमा” रोक

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन? टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन? तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ? अवस्य कसैले पनि सहदैन। तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ। किन? के हामीलाई नेपालको माया छैन? किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं। अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।

Monday, January 5, 2009

लेखेको धरान भन्दा देखेको धरान धेरै राम्रो.....


सुनसरीको धरानमा ब्यक्तिहरु जति सुन्दर छन भन्ने सुनेको थिए वास्तवमा त्यो भन्दा सुन्दर धरान बजार र धरानको सिरमा रहेको भडेटार वास्तवमा धेरै सुन्दर पाए। धरानबाट करिब एक घटाको गाडिको यात्रा पछि धरानको सुन्दर स्थान भेडेटारमा पुग्यौ। वास्तबमै लेखेको भेडेटार भन्दा देखेको भेडेटार निकै सुन्दर लाग्यो मलाई। तपाई पनि कुनै दिन त्यो ठाउमा पुगिसक्नु भएको छ वा पुग्दै हुनुहुनछ भने सम्झनुहोला भेडेटार आईपुगे भन्ने बेलामा आफु आएको बाटोलाई फर्केर हेर्न नभुल्नुहोला त्यो दृष्य वास्तवमै नबिर्सदो छ। धरानको भेडेटार मात्रै होईन बुढासुब्बाको मन्दिर, दन्तकालिको मन्दिर लगाएतका स्थान उत्तिकै मनमोहक र अविस्मरणिय रहेका छन्। विपि अस्पतालको अस्पताल परिसर पनि कम छैन। यि सबै स्थानको अवलोकल गर्दा म निकै खुसि र भाग्यमानि भएको महसुस गरे। नेपालको पुर्वमा रहको त्यो स्थान वास्तवमै नेपाल र नेपालीको लागि गौरवको स्थान हो ..... धरान वास्तवमै रमणिय छ, राम्रो छ, सुन्दर छ, मनमोहक छ र त्यो भन्दा खुसिको कुरा त्यहाँका ब्यक्तिहरुको सहयोग र सौहार्ददा भुल्नै नसक्ने रहेको छ। त्यो महसुस मलाई पनि भयो ....

पुर्वि नेपालको मेरो यात्रा

नेपालको पश्चिम क्षेत्रको बिभिन्न जिल्ल्ा भ्रमण गर्ने अवसर महिले बेलाबेलामा पाएको थिए, तर पुर्वि नेपालको भ्रमण गर्ने धेरै चाहना र ईच्छा हुदा पनि यो सौभाग्य अहिले मात्र पाएको छु। जव यसपालि म पुर्वि नेपालको यात्रा गरे तव मात्र म नेपाली भएकोमा अझ बढि गर्व लागेर आयो। पुर्वि नेपालको यात्राको लागि निस्कने क्रममा म निकै होसियार थिए किनकि तराई आन्दोलको कारणले मलाई हौस्याएको थियो , वास्तवमा यथार्थता बेग्लै रहेछ। तराईको आन्दोलनको यर्थाथतामा म पस्न चाहन्न र त्यो यथार्थताको बारेमा म टिप्पणि गर्न सक्ने क्षमताको बारेमा समेत म आफुलाई स्थापित गरीसकेको छैन तर एक हप्ताको यात्राको क्रममा पुर्वि नेपालको तराईमा महिले देखेको दृष्य र यथार्थताको मात्र केहि शब्द समेटन खोजेको हु। युथ एक्सन नेपालले बिराटनगरमा आयोजना गरेको युवा सामाजिक मञ्चमा सहभागिता संगै पुर्वि नेपालको यात्राको लागि म त्यस तर्फ हिडेको थिए।
यात्रामा सबैभन्दा रमाईलो र आनन्द तब भयो जब कोशि कटान तर्नको लागि डुङ्गामा चडे त्यहि कोशि कटानकै कारण हजारौ नेपालीको घरवार बिहिन भयो त्यो बिगत सम्झदा केहि दुःख भएतापनि त्यो अवस्थालाई बिर्सने हो भने यो यात्रा निकै रमाईलो र नौलो अनुभव हुन्छ। तपाई पनि तल्काल यो यात्रा निस्कनुभयो भने त्यो अवसर पाउनुहने छ तर तत्काल है किनकि कोशिको त्यो कटान ब्यवस्थित गरी पानि पुरानै ब्यारेजबाट फर्काउने तयारी भैरहेको छ भने कोशिको त्यो कटान बिस्तारै आफै पनि सुक्दै गैरहेको छ।
कवि देवकोटाको के नेपाल सानो छ भन्ने निवन्धको त्यो अंस त्यतिवेला मलाई याद आयो जतिवेला म नेपालको पश्चिम र पुर्वको धेरै स्थान अवलोकल गर्ने अवसर पाए नेपाल बास्तवमै सानो भएपनि यसमा यात्रा गर्दाको अनुभव र दृश्य वास्तबमै फराकिला छन। म नेपालका तराई मुलका नेपालीहरुलाई पहिलेको अवस्थामा देख्दा र बर्तमान अवस्थामा देख्दा म आफैमा निकै परिवर्तन भएको पाए। म स्वयं नेपाली भएर पनि एउटा नेपालीलाई हेर्ने दृष्टिकोणमा त्यति बेला र यो बेला निकै परिवर्तन भएको भान गरेको छु। एउटा थारु जातिको ब्यक्तिलाई हेर्दा र उ संग बोल्दा मलाई गर्व लागेर आयो तर त्यतिबेला लाज मान्ने मेरो चलन थियो। बसमा यात्रा गर्दा होस या होटलमा चिया खादाखेरीको गफ बास्तवमा थारु जातिले पनि आफ्नो अस्थित्व र म पनि नेपालि हु भन्ने पहिचान खोजेको कुरा बास्तवमै यथार्थता नै हो। राजनैतिक खिचातानीमा लागेका नेतृत्व बर्गका मधेशि नेताको स्वार्थ अर्कै हुन सक्ला वा उस्तै हुन सक्ला तर वास्तवमा स्थानिय जनताको भनाई र गराईमा वास्तवमा यथार्थता रहेको छ।
यदाकदा तराई समुदायको नाम बेचेर द्धन्द्ध सृजना गर्ने केहि ब्यक्तिहरुको ब्यवहारमा अवश्य पनि परिवर्तन आउनु जरुरी रहेको छ। तर हामि पहाडि भनाउदाहरुले जति नेपालको माया र नेपाल प्रति गौरब भएको कुरा छाट्छौ वास्तवमा मधेसि समुदायलाई त्यो भन्दा पनि बढि नेपाल र नेपालीको माया रहको म ठोकुवा गर्न सक्छु। यो मेरो पुर्वि नेपाल यात्राको पहिलो उपलब्धि हो। तराई समुदायको यथार्थताको बारेमा काठमाडौमा बसेर वकालत गर्नु र बहस गर्नु वाईघात कुरा हो तराईको यथार्थताको बारेमा जान्न र बुझ्न तराईमा नै झर्नु पर्दछ। नेपालका राजनैतिक दलका ब्यक्तिहरु र बिद्धान भनौदाहरु तराई नै नझरी तराईको वास्तविकता नै नबुझ तराईका जनताको पक्ष र बिपक्षमा भुक्ने गर्दछन त्यो गलत हो।