Saturday, March 7, 2009

जनयुद्ध पछिको रुकुमसम्मको मेरो यात्रा

रुकुमबाट फर्केपछी
सागर घिमिरे,
बिगत दुई वर्ष अगाडी सम्म रुकुम र रोल्पाको यात्राको बारेमा सहजता पुर्वक लिनु जो कसैको लागि पनि कठिन थियो। १० बर्षे जनयुद्ध थालेको रोल्पा र जनयुद्धलाई पालेको रुकुम नेपालको राजनैतिक परिवर्तनको सवालमा पछिल्लो पटक इतिहासको पानामा कोरिएका अग्रस्थानका जिल्ला हुन भन्दा फरक नपर्ला। २ वर्ष अघिसम्म रुकुम र रोल्पाको नाम सुन्दा म स्वयं तर्सन्थे किनकि ससस्त्र द्धन्द्ध सारा नेपालीको लागि नौलो थियो र भयभित थियो, अझ सामान्य ब्यक्तिका लागि रुकुम रोल्पा आफैमा कहालि लाग्दो थियो र डरलाग्दो थियो। तर आज जब म रुकुमको यात्राको लागि निस्के म निकै खुसि छु किनकी ऐतिहासिक रुकुम र रोल्पाका ति स्थान स्वयम हेर्न पाउनु आफैमा गौरव हो अझ त्यसको बारेमा बुझ्न र त्यहाँ गएर जनयुद्धमा लागेका ब्यक्तिहरु संग ति दिनहरुको बारेमा प्रत्यक्ष सुन्न पाउनु अझ ठुलो कुरा थियो। हाम्रो रुकुम यात्राको सुरुवाद थियो गुल्मी जिल्ला, चलचित्र निर्देशक मनोज पण्डित नेपाली युवा माझ चर्चित नाम हो। पछिल्लो पटक पण्डितले नेपालको इतिहास र वर्तमानमा भारतवाट मिचेका सिमाहरुको बारेमा निर्माण गर्नुभएको ग्रेटर नेपाल “सिमानाको खोजि” नामक वृतचित्रले नेपाल सरकारलाई समेत सिमाको बारेमा सोच्न बाध्य बनायो। डकुमेन्ट्रिले अझ चर्चा त्यतिबेला पायो जव भारतिय राजदुतावासको पहलमा नेपाल सरकारले त्यसको प्रदर्शनमा रोक लगायो। त्यो नेपाल सरकारको गैरजिम्मेबार पन थियो र राष्ट्रियता माथिको प्रहार थियो। त्यहि सिमा बचाउ अभियानका चर्चित अभियानकर्ता मनोज पण्डित संग रुकुम रोल्पा जान पाउनु मेरो लागि पनि सौभाग्य थियो। पण्डित रुकुम रोल्पा जानुको मुख्य उद्देश्य जनयुद्ध पछिको गाऊको कथा खाज्नु थियो आफ्नो अर्को चलचित्रको लागि, त्यसमा साथ दिने मेरो पनि उद्देश्य बन्यो। यात्राको क्रममा हामि गुल्मीको चोरकाटे हुदै, शान्तिपुर अनि आपचौरवाट वामिटक्सार हुदै वाग्लुङ्गको बुर्तिभाङ्ग जाने अनि पैदल ढोरपाटन हुदै रुकुमको मईकोट र हुकामकोट जाने योजना बनायौ। रुकुमको मईकोट नै रोज्नु हाम्रो लागि आवश्यक थियो किनकि १० बर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट। मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए। त्यतिमात्रै होईन गएको वर्ष सम्म जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बार्षिक करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट। त्यहि अनुसार हाम्रो पैदलयात्रा सुरु भयो बुर्तिभाङ्गबाट मईकोटको लागि। यो यात्रा हाम्रो लागि निकै कठिन थियो किनकि बुर्तिभाङ्गबाट ढोरपाटनको लागि पुरै २ दिन हिडनुपर्ने थियो र ढोरपाटनबाट रुकुमको मईकोटको लागि ५ दिन। हुनत स्थानिय बासिन्दाको लागि ढोरपाटनबाट रुकुमको यात्रा २ दिनको मात्र हो तर बिचमा ठुलो लेक काटनु हाम्रो लागि कठिन थियो त्यसैले हामिले रोज्यौ सजिलो तर लामो बाटो, तैपनि यो यात्रालाई हामिले अवसरको रुपमा लिएका थियौ। बाग्लुङ्गको बुर्तिभाङ्ग, ढोरपाटन क्षेत्र र रुकुमेलीको लागि ब्यापारिक केन्द्र नै रहेछ। दैनिक हजारौ घोडा, खच्चर र गधाको आवत जावत हुन्छ यहाँबाट रुकुम, रोल्पा, म्याग्दि र डोल्पाको केहि स्थान र ढोरपाटनको लागि। त्यहि खच्चरहरुको हिडाईको आवाज, खोलाको कलकल र गोरेटो बाटोको धुलो खादै, भिर पाखा पखेरा र हिमाल हेदै यात्रा गरि नै रहयौ। यात्राको क्रममा पण्डित दाईले भर्खरै छायाङ्कन सक्नुभएको चलचित्र “दासढुंगा” को बारेमा पनि धेरै बुझ्न सके। मदन भ48डारी र जिवराज आश्रीतको दासढुंगामा भएको हत्याको खोजिको बिषयमा तयार पारिएको उक्त चलचित्र पण्डितकै भनाईमा चलचित्र हेरेपछि अनुसंन्धान कर्ताले हत्याको खोजका लागि फेरी पाना पल्टाउन बाध्य हुने बताउनु भयो। आउदो जेष्ठ २ गते अर्थात दासढुंगा घटना भएकै दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने तयारी रहेछ। खोलाको किनारै किनारै जादा त्यो स्थान देखेर लोभ पनि लाग्यो किनकि ढोरपाटनबाट बुर्तिभाङ्गसम्म रहेको त्यो खोलामा अहिले करिव ८ वटा स्थानमा बिजुलि निकाल्ले तयारी भैरहेको छ भने कत्ति स्थानमा त्यहाँका जनताले बिजुलि बालिसकेका छन्। १६ घ48टा लोडसेडिङ्गको मार खेपिरहेका हामिलाई २४ सै घ48टा बिजुलि बलेको देख्दा लोभ पनि नलागोस कसरी? पैदलयात्राको पहिलो रात बाटोमा पर्ने दोगाडी भन्ने स्थानमा एकजना माओवादी कार्यकर्ताको घरमा बास बस्न पुग्यौ। बसाई पछि दोस्रो दिन ढोरपाटनको लागि हिडयौ त्यो यात्रा रमाईलो थियो किनकि खच्चरमा सामान ओसार्ने रुकुम मईकोटकै मानिसहरुलाई भेट्टाएका थियौ र हामिसंग भएको भिडियो क्यामरा स्ट्या48ड र झोला बोक्नु परेको थिएन, तिनै खच्चरलाई बोकाएर रित्तै हिडेका थियौ। खच्चर लिएर हिडेका सबैजना माओवादी जनसेना हुनुहुदो रहेछ उहाँका बिगतका कथा सुन्दै हामि अघि बढदै थियौ। मेलै मनमा लागेका जिज्ञासा सोध्धै हुन्थे मनोज दाई ति भनाईहरु क्यामरामा कैद गर्नमा ब्यस्त हुनुहुन्थ्यो, मैले सोध्धै थिए तपाईहरुले लडाईको क्रममा अर्थात आक्रमणको क्रममा सबैभन्दा बढि दुःख लागेको अर्थात हार खाएको र जितेको स्थान कुन हो? उत्तर थियो “सबैभन्दा दुःख लागेको खारा आक्रमण जहाँ हामिले २ पटक सम्म हार खानु पर्यो र जितेको अर्थात खुसि लागेको दाङ्ग आक्रमण जसबाट हामिले तत्कालिन दुस्मनका धेरै हातहतियार हात पार्न सफल भएका थियौ”। यिनै प्रश्नउत्तर संगै बेलुका करिव ६ बजे हामि ढोरपाटनको उत्तरगङगा पुग्यौ। वेलुका रात परीसकेको कारणले त्यो दिन ढोरपाटनको अवलोकल गर्न सकेनौ साथै निकै जाडो र हिऊ जमेको कारणले पनि खुल्लामा बस्नु कठिनाई थियो। सुनेको थिए त्यो ठाउँ्क पनि स्याउको लागि प्रसिद्ध छ। त्यसैले चिसो भएपनि स्याउ खाने ईच्छा घरवेटि शकंर दाईलाई ब्यक्त गरे तर जवाफबाट दुःख लाग्यो किनकि निकासी हुन छाडेपनि त्यहाँका किसानहरुले ब्यावसाहिक रुपमा स्याउ खेति गर्न छाडेछन् र यो पटक पानी पनि नपरेको कारणले असम स्याउ फल्न सकेन। तै पनि दुई वटा स्याउ ख्वाएर भएपनि हाम्रो ईच्छा पुरा भयो। अर्को दिन बिहान दोगाडी बाट हामि संगै आउनुभएका साथिहरु लेकको बाटो जान बिहानै लाग्नुभयो तर हामि भने लेक चड्न नसक्ने ठानि लामो बाटो ततायौ रुकुमको तक्सेराको लागि। म नेपाली हु र नेपाली हुनुमा मलाई गर्व छ किनकी हाम्रो देश बिश्व सामु अहिलेसम्म नझुकेको लडाकुको देश, विश्वको सबैभन्दा ठुलो उचाईमा रहेको सगरमाथाको देश, शान्तिका अग्रदुत गौतमबुद्धकोे देश वस यति नै लाग्छ म नेपाली हुनुमा गर्व गर्ने ठाउँ तर जव म ढोरपाटन र त्यस क्षेेत्र वरपरका स्थानमा पुगे तब मलाई लाग्यो म नेपाली हुनुमा गर्व गर्ने ठाउँ निकै फराकिलो छ र धेरै छ। ढोरपाटन वास्तवमै सुन्दर छ। डाडां माथिको फाट साच्चिकै हेर्न लाएक छ जिवनमा एकपटक यदि नेपाली हुनुमा तपाईलाई गर्व छ भने पुग्नु पर्ने ठाऊँ हो तपाँई हाम्रो ढोरपाटन। तर वास्तवमै यो ठाउँमा जति सुन्दरता छ त्यो सुन्दरता भित्रको विकटता भयानक छ। मान्छेहरुमा जुन नम्रता र माया छ त्यो माया भित्रको गरिवी वास्तवमै डरलाग्दो छ। खच्चड र घोडाको सहाराबाट बाचेका यस क्षेत्रका बासिन्दाको स्थिती देख्दा हाम्रा देशका नेताहरुको भाषणमा झुट र भ्रमको खेति बाहेक केहि छैन जस्तो लाग्छ। ढोरपाटन, रुकुम र रोल्पाको बिकासको नाममा काठमाडौंको पाचँतारे होटलमा बसेर गोष्ठि र सभा गर्ने ति ब्यक्तिहरुलाई ६० रुपैया मानो मोटो चामल खाने यि ब्यक्तिहरुको पेटले के भन्दो हो? सोच्नुपर्ने कुरा हो। यात्रा गर्नु अघि मेरो मनमा रहेका प्रश्नहरु थिए। नेपालको १० बर्षको ससस्त्र द्धन्द्धलाई उचाईमा पुर्याउने त्यो ठाउँको भौगोलिक स्थिती कस्तो होला? त्यहाँका मान्छे कस्ता होलान र त्यहि युद्धमा होमिने त्यस क्षेत्रका हजारौ युवा हाल के गर्दै होलान र युद्धमा आफ्नो ज्यान दिएका ति ब्यक्तिका परिवार के गर्दे होलान? जे प्राप्तिका लागि युद्धमा होमिए त्यो पाए होलान या छैनन्? यी प्रश्न संगै मनमा अर्को पनि कुरा खेलिरहेको थियो वास्तवमै नेपालका ति स्थानहरु कति सुन्दर होलान या नहोलान? संगै मनमा केहि प्रश्नहरुको उत्तर पनि खेलिरहन्थ्यो वास्तवमै त्यो स्थानमा अहिले विकासको लहर चल्नुपर्ने हो, खोला खोलामा बिद्युत निकाल्ने टर्वाईनहरु जडान भैरहेको हुनुपर्ने हो, ठाउँ ठाउँमा डोजर र ब्यक्तिहरुले मोटरबाटो खनिरहेको दृष्यहरु हुनसक्छ? यि र यस्तै बिचार गर्दे जव हामि ढोरपाटन, रुकुमको तकसरा, मईकोट र हुक्कामको यात्राको क्रममा जे भोग्यौ तब सबै प्रश्नहरु र जिज्ञासाहरुमा निरासता छायोे। बाटोमा थुप्रै जनयुद्धमा लागेका जनसेना र कार्यकर्तालाई भेट्यौ तर धेरैको मनमा यतिबेला निरासता पायौ रुकुम दमचनका बिष्णु यतिबेला सबैसंग प्रश्न गर्नुहुन्छ “हामिले यत्रो जनयुद्ध दियौ, जनयुद्धले खै हामिलाई के दियो?” बिष्णु जनयुद्धको बेला छाडेर गएको आफ्नो झुप्रो घर टाल्दै हुनुहुन्छ। जति जोगि आएपनि कानै चिरेका भनेझै अहिले बनेको आफ्नै सरकारबाट समेत बिष्णुलाई आस मरेको छ। १० वर्षे जनयुद्धमा लागेका हामिहरुको भावना बुझ्न नसक्नु दुर्भाग्य भएको बताउनुहुन्छ, सहर र सुविधाको भोग विलासितताले नेताहरुले जनयुद्धको भावना र उपलब्धि बिर्सीएको उहाँको आरोप छ। यतिबेला वास्तवमै जनयुद्धमा लागेकाहरु पाखा लागेका छन् मात्र जनयुद्ध पछि माओवादीमा लागेकाहरुले फाईदा र बदनाम गरेको भान भएको कुरा बिष्णु बताउनुहुन्छ। यस्तै उपल्लो सेर्राका जुद्ध बुढा मगर को भनाई पनि उस्तै छ जुद्ध बुढा मगर विगतमा जनयुद्धताकाका फोटा हेरेर कहिले काहि टोलाउनुहुन्छ र भन्नुहुन्छ जनयुद्धका सहिदको सपना सपनामै सिमीत हुने त होईन? ऊँहाले जनयुद्धबाट फर्के पछि गाउँमै युवाहरुको भलिवल टिम तयार पार्नुभएको छ। टिम युवा र युवतिको छुट्टाछुट्टै छ गएको वर्ष हुकामकोटमा भएको निकै ठुलो भलिवल खेलमा त्यो उँहाको टिम तृतिय भएको रहेछ, त्यो खेलको प्रथम पुरस्कार ५० हजार नगद रहेको थियो तै पनि आफ्नो टिमले तेस्रो स्थान हात पारी २० हजार नगद जितेकोमा खुसि हुनुहुन्छ। जुद्ध बुढा मगर अहिले भलिवल टिमको प्रशिक्षक अर्थात कोच हुनुहुन्छ र अव हुने खेलमा आफ्ना खेलाडिलाई प्रथम गराई छाडने उहाँको अठोट रहको छ। जनयुद्धबाट फर्केपछि गाऊँका युवाका लागि गरेको उहाँको यो काम उदाहरणिय छ। जुद्ध बुढा मगरको घरमा पुग्ने दिन उहाँको गाऊमा मानिसहरुको बैठक रहेछ के को बारेमा बैठक भनि प्रश्न गर्दा जुद्धको जवाफ थियो अहिलेको सरकारले गरेको निर्णय बिरुद्धको बैठक! हामिलाई एकैछिन अचम्म लाग्यो आफुले जनयुद्ध गरेर स्थापित गरेको सरकार त्यहि सरकारले गरेको निर्णय बिरुद्ध बैठक। उहाँले अझ थप्नुभयो बिरोध स्वरुप सर्वप्रथम हाम्रो हस्ताक्षर अभियान चल्नेछ, त्यसपछि प्रशासन घेराऊ त्यसबाट पनि हामिले भने अनुसार भएन भने ससक्त आन्दोलनमा उत्रने छौ। कुरा बुझ्दै जाँदा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धमा रहेछ। सरकारले एकतर्फि निर्णयबाट कोल भन्ने गाविसमा कार्यालय राख्ने निर्णय गरेको रहेछ तर अन्य तकसेरा, मइकोट, हुक्काम लगाएतका बासिन्दाको माग तकसेरामा प्रसासन राखेमा सबैलाई पाई पर्ने भन्ने रहेछ र दवाव पनि त्यसैको बिरुद्धमा रहेछ। यात्राको क्रममा ८ दिनको हिडाई पछि बल्ल हामी रुकुमको मइकोटमा पुग्यौ निकै उचाईमा पर्ने मईकोट खोलाबाट उक्लन जति गाह्ो छ पुगेपछि त्यति नै रमाईलो पनि छ। मईकोट निस्कने क्रममा बाटोमा भारि बोकेर निस्कने थुप्रै मानिसहरुलाई भेट्यौ र सोध्यौ तपाईहरु माओवादी हो? उहाँहरुले हास्दै जवाफ दिनुभयो “के कुरा गरेको यहाँका त मान्छे मात्रै होईन कुकुर बिराला पनि माओवादी हुन”। वास्तवमै हामिलाई पनि त्यस्तै लाग्यो धेरै युवाहरु जनसेनाको कम्ब्याक ड्रेसको पाईन्ट या र सर्टमा नै भेटिन्थे। जव रुकुममा पुगेर नेपाली दाईको होटलमा बस्यौ तव केहि खुसि लाग्यो किनकी बिजुलि बाल्न पाईयो क्यामराको ब्याटि्र चार्ज गर्न पाईयो। जनयुद्ध पछि केहि परिवर्तन आएछ भन्ने लाग्यो। त्यहाँ माओवादीका कमा48डर दर्शनसंग भेट भयो। दर्शनसंग भेट हुनु मेरो लागि निकै खुसीको कुरा थियो किनकी मैले प्रत्यक्ष भोगेको र देखेको पाल्पा तानसेनको आक्रमणमा माओबादीको तर्फबाट आक्रमणका आएका रहेछन् दर्शन। दर्शन पनि अहिले घर बनाउने तरखरमा छन्। जनयुद्धमा लाग्दा भताभुङ्ग भएको घर जोडन लागी पर्नुभएको दर्शन , पाल्पा आक्रमणको बारेमा कुरा गर्दा सफल आक्रमण हो भन्नुहुन्छ तर पनि आफ्ना साथिहरु बढि भएकाले कत्तिलाई अन्जानमा आफ्नै साथिले गर्दा क्षति बेहोर्नु परेको उहाँको भनाई रहेको छ। १० बर्षे ससस्त्र जनयुद्धको बेला नेपालमै एकै गाऊका सबैभन्दा बढिले ज्यान गुमाएको स्थान थियो मईकोट। मईकोटबाट मात्रै युद्धको लागि ४८ जनाले ज्यान दिएका थिए। त्यतिमात्रै होईन गएको वर्ष सम्म जिवनबुटि अर्थात यार्सागुम्बा टिप्न जानेहरुसंग लिएको करबाट बार्षिक करिव ५ करोड नेकपा माओबादी लाई बुझाउथे त्यसैले जनयुद्धलाई पालेको ठाउँ थियो रुकुमको मईकोट। जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न जाने प्रति ब्यक्ति ५०० रुपैयाका दरले कर उठाउने गरिन्छ। एक बर्षमा करिव १० हजार भन्दा बढि ब्यक्ति जिवन बुटि अर्थात यार्सागुम्बा टिप्न आउने गरेको मईकोट बासि बताउछन्। साथै त्यो उठेको रकम माओवादीलाई सहयोग मिल्थ्यो। तर अव मईकोट वासी यो वर्षबाट त्यो रकम मईकोटकै बिकासमा लगालि गर्ने वताउछन् उनिहरुको भनाई छ त्यत्रो आर्थिक सहयोग गरेको मईकोट बासिलाई आफ्नै सरकारले खै के दियो? मईकोटका बिरमान विश्वकर्मा भन्छन् अहिले सम्म त्यो रकम वास्तवमै गाऊमै लगानि गरेको भए मईकोट तपाई हामिले भन्ने गरेको पेरीस र स्विजरल्या48ड पहिले नै बनिसक्थ्यो तर पनि देशको परिवर्तनको लागि दिएको सहयोग आज ब्यर्थ जस्तो भएको छ। यसरि करिव १५ दिनको रुकुमको हाम्रो यात्रा निकै कठिन भयो, तर उपलब्धि मुलक भयो यात्रा पछि सोच्न बाध्य बनायो बास्तवमै रुकुम र रोल्पामा सरकारले तत्काल केहि गर्न सक्नु आफैमा चुनौति छ भने तत्काल केहि गर्न नसक्नु माओवादीकै भविश्यको लागि चुनौती छ।

Thursday, January 22, 2009

बुद्धको जन्मस्थान खोसियो

Sagar Ghimire

हालै मात्र रिलीज भएको हिन्दि चलचित्र चाँदनी चोक टु चाइनामा प्रयोग गरिएको शब्दले नेपाल र नेपालीलाई फेरी चुनौती दिएको छ। बुद्ध जन्मेको देश भनेर हाम्रो देश नेपाललाई संसारले चिन्ने गरेको छ तर पनि भारतले उक्त चलचित्र मार्फत बुद्ध जन्मिएको देश भनेर आफ्नो देशलाई चिनाउने दुष्प्रयास गरेको छ।

हुन त भारतका बिभिन्न सामान्य ज्ञान तथा बिभिन्न पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आफ्ना जनतालाई पहिलेदेखि नै घोकाईरहेको नै थियो। आखिर चलचित्र मार्फत संसारलाई झुठो बोल्ल समेत भारत पछि परेन। आखिर भारतले यस्ता कुरामा किन नेपाललाई पटक पटक तल पारिरहन्छ। सम्पुर्ण बौद्ध धर्मालम्बीहरुले नेपालको लुम्बिनी बुद्ध जन्मेको ठाउ भनेर मान्दा मान्दै भारत आखिर के चाहन्छ? भारतले नेपालको सिमा अतिक्रमण देखि लिएर हरेक कुरामा किन हात लम्काईरहन्छ यसको लागि भारत सरकारसंग तत्काल विषेश छलफल हुनु जरुरि छ।

लडाकु र कसैको कब्जामा नपरेको भनेर बिश्वभरी चिनीने हाम्रो देशमा आज यस्ता कुराले गर्दा नेपालीको शिर निहुरीएको छ। के भारतले आफु सम्पन्न र ठुलो देश भनेर नेपाललाई जिस्काईरहेको हो? कुनै बेला तिनै भारतीय ऋतिक रोसनले नेपालको बारेमा नराम्रो बोल्दा रोसनका सम्पुर्ण चलचित्र बहिस्कार गर्ने हामि नेपाली आज बुद्धको जन्म स्थान खोसिँदा किन मौन छौ? चलचित्र रिलीज भैसकेर यो कुरा बाहिर आउदा समेत यसको बारेमा हाम्रो सरकार किन केहि बोल्न चाहदैन? किन मौन छ सरकार आफ्नो राष्ट्रिय अखडता प्रति? भारतको यस्तो किसिमको मिचाहा र दमनको हामिले सहि हिसाव किताव माग्नु जरुरी छ।

Saturday, January 10, 2009

आफ्नै देशको “सिमानाको खोजिमा” रोक

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन? टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन? तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ? अवस्य कसैले पनि सहदैन। तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ। किन? के हामीलाई नेपालको माया छैन? किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं। अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।

Monday, January 5, 2009

लेखेको धरान भन्दा देखेको धरान धेरै राम्रो.....


सुनसरीको धरानमा ब्यक्तिहरु जति सुन्दर छन भन्ने सुनेको थिए वास्तवमा त्यो भन्दा सुन्दर धरान बजार र धरानको सिरमा रहेको भडेटार वास्तवमा धेरै सुन्दर पाए। धरानबाट करिब एक घटाको गाडिको यात्रा पछि धरानको सुन्दर स्थान भेडेटारमा पुग्यौ। वास्तबमै लेखेको भेडेटार भन्दा देखेको भेडेटार निकै सुन्दर लाग्यो मलाई। तपाई पनि कुनै दिन त्यो ठाउमा पुगिसक्नु भएको छ वा पुग्दै हुनुहुनछ भने सम्झनुहोला भेडेटार आईपुगे भन्ने बेलामा आफु आएको बाटोलाई फर्केर हेर्न नभुल्नुहोला त्यो दृष्य वास्तवमै नबिर्सदो छ। धरानको भेडेटार मात्रै होईन बुढासुब्बाको मन्दिर, दन्तकालिको मन्दिर लगाएतका स्थान उत्तिकै मनमोहक र अविस्मरणिय रहेका छन्। विपि अस्पतालको अस्पताल परिसर पनि कम छैन। यि सबै स्थानको अवलोकल गर्दा म निकै खुसि र भाग्यमानि भएको महसुस गरे। नेपालको पुर्वमा रहको त्यो स्थान वास्तवमै नेपाल र नेपालीको लागि गौरवको स्थान हो ..... धरान वास्तवमै रमणिय छ, राम्रो छ, सुन्दर छ, मनमोहक छ र त्यो भन्दा खुसिको कुरा त्यहाँका ब्यक्तिहरुको सहयोग र सौहार्ददा भुल्नै नसक्ने रहेको छ। त्यो महसुस मलाई पनि भयो ....

पुर्वि नेपालको मेरो यात्रा

नेपालको पश्चिम क्षेत्रको बिभिन्न जिल्ल्ा भ्रमण गर्ने अवसर महिले बेलाबेलामा पाएको थिए, तर पुर्वि नेपालको भ्रमण गर्ने धेरै चाहना र ईच्छा हुदा पनि यो सौभाग्य अहिले मात्र पाएको छु। जव यसपालि म पुर्वि नेपालको यात्रा गरे तव मात्र म नेपाली भएकोमा अझ बढि गर्व लागेर आयो। पुर्वि नेपालको यात्राको लागि निस्कने क्रममा म निकै होसियार थिए किनकि तराई आन्दोलको कारणले मलाई हौस्याएको थियो , वास्तवमा यथार्थता बेग्लै रहेछ। तराईको आन्दोलनको यर्थाथतामा म पस्न चाहन्न र त्यो यथार्थताको बारेमा म टिप्पणि गर्न सक्ने क्षमताको बारेमा समेत म आफुलाई स्थापित गरीसकेको छैन तर एक हप्ताको यात्राको क्रममा पुर्वि नेपालको तराईमा महिले देखेको दृष्य र यथार्थताको मात्र केहि शब्द समेटन खोजेको हु। युथ एक्सन नेपालले बिराटनगरमा आयोजना गरेको युवा सामाजिक मञ्चमा सहभागिता संगै पुर्वि नेपालको यात्राको लागि म त्यस तर्फ हिडेको थिए।
यात्रामा सबैभन्दा रमाईलो र आनन्द तब भयो जब कोशि कटान तर्नको लागि डुङ्गामा चडे त्यहि कोशि कटानकै कारण हजारौ नेपालीको घरवार बिहिन भयो त्यो बिगत सम्झदा केहि दुःख भएतापनि त्यो अवस्थालाई बिर्सने हो भने यो यात्रा निकै रमाईलो र नौलो अनुभव हुन्छ। तपाई पनि तल्काल यो यात्रा निस्कनुभयो भने त्यो अवसर पाउनुहने छ तर तत्काल है किनकि कोशिको त्यो कटान ब्यवस्थित गरी पानि पुरानै ब्यारेजबाट फर्काउने तयारी भैरहेको छ भने कोशिको त्यो कटान बिस्तारै आफै पनि सुक्दै गैरहेको छ।
कवि देवकोटाको के नेपाल सानो छ भन्ने निवन्धको त्यो अंस त्यतिवेला मलाई याद आयो जतिवेला म नेपालको पश्चिम र पुर्वको धेरै स्थान अवलोकल गर्ने अवसर पाए नेपाल बास्तवमै सानो भएपनि यसमा यात्रा गर्दाको अनुभव र दृश्य वास्तबमै फराकिला छन। म नेपालका तराई मुलका नेपालीहरुलाई पहिलेको अवस्थामा देख्दा र बर्तमान अवस्थामा देख्दा म आफैमा निकै परिवर्तन भएको पाए। म स्वयं नेपाली भएर पनि एउटा नेपालीलाई हेर्ने दृष्टिकोणमा त्यति बेला र यो बेला निकै परिवर्तन भएको भान गरेको छु। एउटा थारु जातिको ब्यक्तिलाई हेर्दा र उ संग बोल्दा मलाई गर्व लागेर आयो तर त्यतिबेला लाज मान्ने मेरो चलन थियो। बसमा यात्रा गर्दा होस या होटलमा चिया खादाखेरीको गफ बास्तवमा थारु जातिले पनि आफ्नो अस्थित्व र म पनि नेपालि हु भन्ने पहिचान खोजेको कुरा बास्तवमै यथार्थता नै हो। राजनैतिक खिचातानीमा लागेका नेतृत्व बर्गका मधेशि नेताको स्वार्थ अर्कै हुन सक्ला वा उस्तै हुन सक्ला तर वास्तवमा स्थानिय जनताको भनाई र गराईमा वास्तवमा यथार्थता रहेको छ।
यदाकदा तराई समुदायको नाम बेचेर द्धन्द्ध सृजना गर्ने केहि ब्यक्तिहरुको ब्यवहारमा अवश्य पनि परिवर्तन आउनु जरुरी रहेको छ। तर हामि पहाडि भनाउदाहरुले जति नेपालको माया र नेपाल प्रति गौरब भएको कुरा छाट्छौ वास्तवमा मधेसि समुदायलाई त्यो भन्दा पनि बढि नेपाल र नेपालीको माया रहको म ठोकुवा गर्न सक्छु। यो मेरो पुर्वि नेपाल यात्राको पहिलो उपलब्धि हो। तराई समुदायको यथार्थताको बारेमा काठमाडौमा बसेर वकालत गर्नु र बहस गर्नु वाईघात कुरा हो तराईको यथार्थताको बारेमा जान्न र बुझ्न तराईमा नै झर्नु पर्दछ। नेपालका राजनैतिक दलका ब्यक्तिहरु र बिद्धान भनौदाहरु तराई नै नझरी तराईको वास्तविकता नै नबुझ तराईका जनताको पक्ष र बिपक्षमा भुक्ने गर्दछन त्यो गलत हो।