Monday, December 6, 2010

“बिग्रेको मानिस”

स्वार्थि समाजबाट अलग भएको मानिस।
निस्वार्थको पोको बोकेर जिल्ला भ्रमण गर्ने मानिस।।
चन्द्रमा सम्म पुग्न सक्षम मानिस आज।।
रिनको पोको र परिबारको डोको बोकेर।
तराई र पहाड हिडिरहने मानिस।।

मानिस मानिस नै हो पशु त होईन।
सग्लो भएर बाच्न नसके मर्नु पर्ने त होईन।।
मर्नुपनि कसरि डोको बिसाउनै पर्यो।
त्यो पहिरेर हिडेको पोको झन छाडनै पर्यौ।।

मायाको पोको र परिवारको डोको त बिसाईएला।
तर रिनको पोको त कहाँनिर कसरि बिसाईएला।।
देश छाडेर जाने दाजुभाई हो तिमिहरु के बिसाएका छौ।
आमाको स्नेह र परिवारको माया त झनै बिसाएनौ।।
अझ देशको गौरव र बिरको पौरख त बिसाउदै बिसाएनौ।

म त बिग्रैको मानिस जे पनि बिसाउछु।
तिमिले जति राम्रोसंग सम्झाएपनि रिसाउछु।।
तिमि आफु सक्षम छौ र मलाई सम्झाउछौ।
यदि तिमि म जस्तो भैदिएको भए कसरि सम्झाउथ्यौ ह? .....



“जिन्दगी”

कस्तो अनौठो रहेछ जिन्दगी
मनमा पिर भएपनि हास्नै पर्ने
जिवनदेखि थाकेर पनि बाच्नै पर्ने
खोलाको दुई किनार भएपछि
मिलनको आसमा कुर्नै पर्ने

कस्तो अनोठौ रहेछ जिन्दगी
फुल जत्तिकै कोमल नभएपनि
काडाँ त अवश्य छैन जस्तो लाग्छ
आफन्तै बनाउन नपाएपनि
बिर्सने त छैन जस्तो लाग्छ
यदि मलाई सोध्ने हो भने
यसै भन्न लाज लाग्छ

भुलेर पनि मलाई नसोध
बिर्सेर पनि म संग तिमि नबोल
कहानि हो मेरो जिवनको
उपहास हो मेरो उपवनको